
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले आइतबार ७७ वटै जिल्लाको इन्चार्ज तोकेको छ । नेकपा इलामका लागि केन्द्रीय सदस्य तथा प्रदेश सांसद धिरेन्द्र शर्मा रमणलाई ताकेको छ ।
नेकपाको आइतबार बसेको सचिवालयले देशैभरिका इन्चार्ज र सह–इन्चार्ज तथा महानगरपालिका इन्चार्जको जिम्मेवारी बाँडफाट गरेको हो । इलाम जिल्लाका इन्चार्ज रमणलाई तोके पनि सह–इन्चार्ज भने तोकेको छैन ।
यसरी पाँचथरमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो मौसमलाई तोकेको छ । सह–इन्चार्जमा भने आइन्द्रसिंह नेम्बाङ र डम्बरसिंह सम्बाहाम्फेलाई तोकेको छ । ताप्लेजुङमा भाष्कर काफ्लेलाई इन्चार्ज तोकेको छ । यसरीनै झापामा रबिन कोइरालालाई इन्चार्जको जिम्मेवारी दिइएको छ । सह–इन्चार्जमा भने देबेन्द्र दाहल, धर्मशिला चापागाईं र हरिबहादुर राजबंशीलाई तोकेको छ ।




908 पटक हेरिएको 






