इलाम । लेखक कवि बालिका थपलियालाई ‘जसुदा स्मृति प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । दश हजार एक सय एक रुपैयाँको राशीको पुरस्कार नेपाली साहित्यमा पु¥याएको योगदानको कदर गर्दै थपलियालाई प्रदान गरिएको हो । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले थपलियालाई नगद र सम्मान पत्र प्रदान गरे । भानु प्रतिमा संरक्षण तथा साहित्य संवद्र्धन समितिको आयोजनामा पुरस्कार वितरण गरिएको हो ।
थपलिया देउमाई नगरपालिकास्थित चमैतामा बसेर साहित्यमा साधनारत छिन् । उनले कविता, गजल र गीत गरेर तीन हजार सिर्जना गरेकी छिन् । उनले दुइवटा पुस्कलाई नेपालीमा अनुवाद गरेकी छिन् । नेलशन मण्डेला र हेलेन केलरको जीवनीलाई नेपाली भाषामा अनुवाद गरेकी छिन् । पुरस्कार वितरण कार्यक्रमको अवसरमा श्रष्ठाहरुले कविता बाचन गरेका थिए ।
अघिल्लो बर्ष यो पुरस्कार युवा पुस्ताका प्रखर कवि अन्वेश थुलुङ्लाई प्रदान गरिएको थियो । इलामकी चेली कवि तथा पत्रकार जसुदा खाकीको स्मृतिमा उहाँका पति वरिष्ठ पत्रकार पुष्पराज प्रधानले सो उक्त पुरस्कार स्थापना गरेको भानु प्रतिमा संरक्षण तथा साहित्य संवद्र्धन समितिका अध्यक्ष विमल वैद्यले बताए ।