आखिर के मा भयो सहमति र खुल्यो ताला ?

  सरलपाटी संवाददाता

 726 पटक हेरिएको

क्याम्पस प्रशासन र विद्यार्थी बीच सहमति भएपछि यहाँस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा केही दिन देखि लागेको ताला आज खुलेको छ ।

क्याम्पस प्रशासनले आन्दोलनरत विद्यार्थीलाई छलफलमा बोलाएर प्रशासन दिवा समयमा १० बजेदेखि २ ः३० सम्म खुल्ने र पुस्तकालय विहानै खुल्ने भएपछि क्याम्पसको सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा लागेको ताला खुलेको हो ।
क्याम्पसले सहमति कार्यान्वयनका लागि भने पुस्तकालय सम्बन्धी एक साताको समय र प्रशासनका लागि एक महिनाको समय माग गरेको छ ।

यता विद्यार्थीले भने क्याम्पसको सो शर्त मान्दै तालाबन्दी खोलेको जनाएका छन् । सचेत विद्यार्थी आवाज नाम दिदैँ केही सातादेखि विद्यार्थीले आन्दोलन गरेका थिए ।  उनीहरूले माग कार्यान्वयन नगरे पुन ः आन्दोलनमा जाने समेत जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार