पुराना सामग्रीको जर्गेना गर्नका लागि इलाम नगरपालिकाले इलाम सदरमुकामस्थित पुरानो प्रशासन कार्यालयको भवनमा निर्माण गरेको संग्रहालयको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
पुराना सामग्री लोप हुँदै गएको भन्दै नगरले त्यस ठाउँमा अरनिकाे संग्रहालय निर्माण गरेर सामग्री राख्ने व्यवस्था गरेको हो । राणाकालीन दरवार समेत रहेको यस स्थानमा त्यस समय देखिकै सामग्री राखिने नगरको भनाइ छ ।
अाज भानु जयन्तीको अवसरमा प्रदेश सांसद धिरेन्द्र शर्मा (रमण) र जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले संग्रहालयको उद्घाटन गर्नुभएको हो ।

२०५औं भानु जयन्तीको अवसरमा इलाम नगरपालिका साहित्य, कला तथा संगीत प्रतिष्ठानकी अध्यक्ष टिका घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक गणेश बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना , प्राज्ञ तथा गीतकार कोमल निरौलालगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रममा इतिहासविद् युद्धप्रसाद वैद्यद्वारा लिखित ‘इलामको इतिहास र विकासको विमोचन गरिएको छ । वैद्यले नगरपालिकाको इतिहाससम्बन्धी लेखेको उक्त पुस्तक आज विमोचन गरिएको हो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव दिवाकर भण्डारीले गर्नुभएको थियो । 



689 पटक हेरिएको 







