प्रशासन विहान खुलाउन माग गर्दै कालो कपडा प्रदर्शन

क्याम्पस भन्छ,‘हामीले सहमतिबाटै पनि निर्णय गरेका हौँ’

  सरलपाटी संवाददाता

 899 पटक हेरिएको

इलाम,  महेन्द्र रत्न बहुमुखी क्याम्पसको प्रशासन र पुस्तकालय शाखा विहान पनि खुलाउन माग गर्दै आज विद्यार्थी विरोध स्वरुप कालो झण्डा प्रदर्शन गरेका छन् । विहानी संकाय क्याम्पसमा पढ्ने विद्यार्थीले दिउँसो मात्र प्रशासन खुल्दा समस्या भोग्नु परेको भन्दै विद्यार्थीले कालो झण्डा प्रदर्शन गरेका हुन् ।

विहानको समयमा पनि खुल्दै आएको प्रशासन र पुस्तकालय गत बैशाख देखि क्याम्पसले दिउँसो मात्र खुलाउन थालेको थियो । प्रशासन दिउँसो मात्र खुल्दा आफूहरूलाई समस्या परेको भन्दा विहानी संकाय पढ्ने मानविकी र व्यवस्थापन संकायका विद्यार्थीले क्याम्पसलाई विहान पनि पुस्तकालय र प्रशासन खोलिदिन माग गरेका हुन् ।
उक्त माग राख्दै तीन दिन अघि विद्यार्थीले ४८ घण्टे अल्टिमेटम दिँदै हस्ताक्षर बुझाएका थिए । ४८ घण्टा सकिदाँ पनि समस्याको समाधान नभएको भन्दै विद्यार्थीले रचनात्मक रूपमा आन्दोलन सुरु गरेका बताएका छन् ।
आफूहरूलाई समस्या परेकै कारण विहान पनि प्रशासन खुलाउन माग गरेको आन्दोलनरत विद्यार्थी प्रशान्त गिरी बताउछन् ।

आफूहरूलाई समस्या परेकै कारण विहान पनि प्रशासन खुलाउन माग गरेको आन्दोलनरत विद्यार्थी प्रशान्त गिरी बताउछन् ।

उनका अनुसार माग पूरा नभए अन्य रचनात्मक कार्यक्रम मार्फत पनि क्याम्पसलाई दबाब दिने छ ।
यता क्याम्पस प्रशासनले भने प्रशासन एक्लैले यो निर्णय गरेको नभइ सबैको छलफल र सहमतिबाटै प्रशासन र पुस्तकालय विहान नचलाउने निर्णय भएको बताएको छ । ‘हामीले विद्यार्थीलाई सहज होस् भनेर नै यसो गरेका हौँ । यो निर्णय क्याम्पसले एकलौटी ढङ्गले गरेको होइन ।’ क्याम्पसका सहायक प्रमुख प्रेम लुइँटेलले भने,‘हामी छलफलबाट पनि विषय मिलाउँछौ ।

‘हामीले विद्यार्थीलाई सहज होस् भनेर नै यसो गरेका हौँ । यो निर्णय क्याम्पसले एकलौटी ढङ्गले गरेको होइन ।’

तर हामी छलफलमा बस्दा भने पहिले बसेकै विद्यार्थीसँग मात्र बस्छौ’ लुइँटेलले प्रशासन र पुस्तकालयको विषय बैशाख १ गतेदेखि नै विहान नखुलाउने निर्णय भएपनि यति बेलामात्र अपायक भएको गुनासो आएको बारे आफूले नबुझेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार