शिल्पासँग छबिले माफी मागेपछि …

  सरलपाटी संवाददाता

 801 पटक हेरिएको

नायिका शिल्पा पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको छ ।काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन् । त्यसक्रममा ओझाले शिल्पासँग माफी पनि मागेका थिए ।‘उहाँहरुले सहमति गर्नु भयो’, बोगटीले  भने, ‘योसँगै प्रहरीमा परेको उजुरी टुंगिएको छ ।’
दुवै जनाबीच सहमति भए पनि शिल्पा छविसँग पहिलेझैँ सँगै बस्छिन्/बस्दिनन् भन्ने चाहिँ स्पष्ट भइसकेको छैन ।

पाखरेलले छवीसँग डिभोर्सको माग राखेको बताइए पनि छलफलमा त्यस विषयले प्रवेश पाएन । त्यो विषय उजुरीमा नभएको र व्यक्तिगत कुरा भएकाले प्रहरी कहाँ छलफल नभएको बताइएको छ ।दुवै जनाबीच सहमति भए पनि शिल्पा छविसँग पहिलेझैँ सँगै बस्छिन्/बस्दिनन् भन्ने चाहिँ स्पष्ट भइसकेको छैन ।

नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए ।

लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष निर्माता ओझाले आफूहरुले विवाह गरिसकेको स्वीकारेका थिए । म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् डेब्यू गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार