चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष नियुक्ति प्रक्रिया रोक्न डा. केसीको माग

नराेके कडा आन्दोलनका कार्यक्रम ल्याउने

चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा हाल भइरहेको उपाध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रोक्न माग गरेका छन् ।

सरकारले नियुक्रिको प्रक्रियाको कर्मकाण्ड देखाएर पन्छिने नभई योग्य मान्छे खोजेर स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने भन्दै उनले अहिले उपाध्यक्ष चयनका लागि अघि बढेको प्रक्रिया रद्द गर्न माग गरेका छन् ।

‘चिकित्सा शिक्षा ऐनका माफियामुखी प्रावधानहरु हटाउने गरी ऐन संशोधन गर्न तथा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा योग्यतम तथा कार्यक्षमता प्रमाणित भइसकेको व्यक्ति नियुक्त गर्न जोडदार माग गर्दछौं’ उनले बिहीबार अपिलमा भनेका छन् ‘त्यसो नगरिएमा कडा आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने जानकारी गराउन चाहन्छौं ।’

आयोगको उपाध्यक्ष कसैलाई जागिर खुवाउने वा कसैको स्वार्थपूर्तिभन्दा बढी संवेदनशील कुरा हो भन्दै उनले भनेका छन् ‘आयोगको संस्थापक उपाध्यक्ष अयोग्य मानिस वा पार्टीको कार्यकर्ता बन्नु भनेको यस क्षेत्रमा अहिलेसम्म देखा परेका यावत विकृतिहरुलाई झनै मौलाउन दिनु र चिकित्सा शिक्षा क्षेत्रको नियमन अस्तव्यस्त पार्नु हो ।’

आफूले चिकित्सा शिक्षा ऐनको अपनत्व ग्रहण नगरेको भन्दै केसीले तर त्यसमा सुधारका लागि लडिरहेको हुनाले उपाध्यक्ष छनोटका विषयमा मौन रहन नसक्ने बताएका छन् ।

आफूले चिकित्सा शिक्षा ऐनको अपनत्व ग्रहण नगरेको भन्दै केसीले तर त्यसमा सुधारका लागि लडिरहेको हुनाले उपाध्यक्ष छनोटका विषयमा मौन रहन नसक्ने बताएका छन् ।

केसीले मिडियाको घाँटी थिच्ने गरी मिडिया काउन्सिल ऐन र आम नागरिकको मुख थुन्ने गरी सूचना प्रविधि ऐन ल्याउन लागेको भन्दै त्यसलाई फिर्ता लिन पनि माग गरेका छन् ।   अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार