
इलामको सन्दकपुर गाउँपालिका ३ र ५ जोड्ने निर्माणाधीन माइखोलाको पुल आइतबार रातिको वर्षासँगै आएको बाढीले ढालेको छ। ढलान गर्न ठिक्क पारेको पुलको जगै खोलाले बगाइदिएको हो।
स्थानीयका अनुसार तीन करोड १७ लाख रुपैयाँमा निर्माण भइरहेको पुलले आइतबार राति आएको साधारण बाढी थाम्न नसकेको हो। ‘बाढी आएको थियो, ढलान गर्न लागिएको पुल त बगाएछ,’ सन्दकपुर गाउँपालिका ५ का वडाध्यक्ष जीतबहादुर साँवाले भने, ‘भर्खरै मात्र बन्न थालेको थियो। पुल बन्यो, ढुक्क भइयो भनेको त बाढी धान्न सकेनछ।’
भौतिक पूर्वाधारण मन्त्रालयको बजेटमा यो पुलको ठेक्का स्थानीय निकायको चुनावकै बेला लागेको थियो। शंकर त्रिशक्ति कन्स्ट्रक्सनले पुल निर्माणको ठेक्का लिएको थियो।
भौतिक पूर्वाधारण मन्त्रालयको बजेटमा यो पुलको ठेक्का स्थानीय निकायको चुनावकै बेला लागेको थियो। शंकर त्रिशक्ति कन्स्ट्रक्सनले पुल निर्माणको ठेक्का लिएको थियो।
तर, लामो समयसम्म बजेटको समस्या देखाउँदै ठेकेदार कम्पनीले पुल निर्माणको काम अघि बढाएको थिएन। वैशाखबाट पुल निर्माण थालिएको थियो।
बाढीले पुलको होमपाइपहरु, रड, फर्माहरु बगाएको छ भने पिलर ढालेको छ। ठेकेदार कम्पनीका अनुसार पुल पूर्णरुपले क्षति भएको छ।
ठेकेदार सुवास चिपालुका अनुसार निर्माणाधीन पुलले एक महिनाअघि पनि माइखोलाको बहाव थेग्न नसकेर भत्केको थियो। ‘बल्लबल्ल उठाएका थियौं, अहिले त पूरै क्षति भएको छ, पुनर्निर्माण नै गर्नुपर्ने भएको छ,’ उनले भने। उनका अनुसार ढलान मात्र गर्न बाँकी राखेर काम सकिएको थियो।
यो पुल सम्झौताअनुसार गत वर्षको मंसिरमै सक्नुपर्ने थियो। तर, जिल्ला पूर्वाधार कार्यालयले समयमा बजेट निकासा गर्न नसक्दा काम रोकिएको दाबी चिपालुको छ। ‘आठ महिना त पूर्वाधार कार्यालय नै जिल्लामा बसेन, अस्ति वैशाखबाट आएपछि भर्खर काम थालेको थिएँ,’ ठेकेदार चिपालुले भने।
‘आठ महिना त पूर्वाधार कार्यालय नै जिल्लामा बसेन, अस्ति वैशाखबाट आएपछि भर्खर काम थालेको थिएँ,’ ठेकेदार चिपालुले भने।
साबिक सुलुबुङ र जमुना गाविस जोड्ने माइखोलामा पक्की पुल नहुँदा बर्खायाममा स्थानीयलाई सास्ती हुने गरेको छ। काठेपुलको सहायताले गाडी आउजाउ गरे पनि बाढीले बगाइरहने हुनाले स्थानीय समस्यामा छन्।


940 पटक हेरिएको 






