केही समय अघि मात्रै नमूना घोषणा भएर विद्युतीयमाध्यममा गएको इलामको मालपोत कार्यालयमा इन्टरनेटले काम नहुँदा सेवाग्राही समस्यामा परेका छन् ।
ठूलै तामझामसहित विद्युतीयमाध्यममा मालपोत गएको र सेवाग्राहीले सहज तरिकाले सेवा दिने भनिएपनि इन्टरनेटको समस्यापछि काम ठप्प भएको छ । इन्टरनेटकै समस्याले गर्दा अहिले जग्गा रजिष्टेसनका लागि कार्यालय पुगेका सेवाग्राही कति काम नगरि फर्किने गरेका छन् भने कति हप्तौ सम्म सदरमुकामै बस्ने बाध्यता छ । विद्यतीयमाध्यमबाट सरल तरिकाले काम हुने बुझेर कार्यालय पुगेका सूर्योदय न गरपालिका ८ का दुर्गा प्रधानका अनुसार जग्गा रजिष्टेसनको काम गर्न पहिले भन्दा अहिले धेरै समस्या पर्ने गरेको छ ।
जग्गा पास गर्नकै लागि गत सोमबारदेखि मालपोतमा रहेका प्रधान सरकारले विकल्प बेगर नै नयाँ सिस्टम लगाउँदा यो समस्या आएको बताउछन् ।
जग्गा पास गर्नकै लागि गत सोमबारदेखि मालपोतमा रहनुभएका प्रधान सरकारले विकल्प बेगर नै नयाँ सिस्टम लगाउँदा यो समस्या आएको बताउछन् ।
‘म जम्मा तीन रोपनी जग्गा नामसारी गर्न यहाँ ६ दिन देखि छु’ प्रधानले भन्नुभयो,‘अझै कति दिन बस्नु पर्ने हो टुंगो छैन । साह्रै समस्या छ ।’इन्टरनेटको समस्याका कारण जग्गा रजिष्टेसन पास नहुँदा सेवाग्राही धेरै दिन देखि कार्यालयमै रहेका छन् । जग्गा रजिष्टेसनको काम गर्न नयाँ प्रविधि आएपनि सरकारले यसको विकल्प नखोज्दा सेवाग्राही आजित भएको लेखापढी व्यवसायीको गुनासो छ । प्रविधि पछ्याएपनि इन्टरनेट चुस्तदुरुस्त नहुन्जेल पुरानै पद्धतिबाट जग्गा पास गर्ने काम गर्नुपर्ने लेखापढी व्यवसायी महासंघ इलामका अध्यक्ष टुण्डु शेर्पा बताउछन् ।
प्रविधि पछ्याएपनि इन्टरनेट चुस्तदुरुस्त नहुन्जेल पुरानै पद्धतिबाट जग्गा पास गर्ने काम गर्नुपर्ने लेखापढी व्यवसायी महासंघ इलामका अध्यक्ष टुण्डु शेर्पा बताउछन् ।
‘प्रविधिमा जानु ठिक छ तर नेटले काम नगर्दा सम्म पुरानो पद्धति अपनाउनु पथ्र्यो । विद्युतीय माध्यमबाट काम गर्दा काम राम्रो हुँदैन भन्ने नबुझ्दा यस्तो भएको हो ।’ शेर्पाले भने,‘नमूना घोषित भइकन त पहिलेको जत्ति पनि काम भएको छैन ।’
यता मालपोत कार्यालयले भने इन्टरनेटको समस्या भएपनि सामान्यतया काम भइरहेको बताएको छ । कार्यालयमा सुविसु इन्टरनेट जोडिएको र पटक–पटक सर्भरमा समस्या हुँदा पर्याप्त काम नभएको कार्यालयले जनाएको छ । ‘त्यस्त्रो ६÷७ दिन देखि त काम रोकिएको होइन । अस्ति शुक्रबार पनि १० वटा जग्गा पास भएको छ तर केही समस्या भने भएकै हो ।’
कार्यालयका सूचना अधिकारी जेवी राईले भने,‘हाम्रो विभागले नमूना घोषित मालपोतमा यही सर्भर जोडिदिएको छ तर हामीसँग त यो कम्पनीसँग प्रत्यक्ष सम्पर्क नै हुँदैन ।’
कार्यालयका सूचना अधिकारी जेवी राईले भने,‘हाम्रो विभागले नमूना घोषित मालपोतमा यही सर्भर जोडिदिएको छ तर हामीसँग त यो कम्पनीसँग प्रत्यक्ष सम्पर्क नै हुँदैन ।’
राईले थपे,‘तर, छिटो बनाएर सहज सेवा दिने काममा हामी प्रयत्नरत छौ ।’