चिया नबिकेपछि आन्दोलनमा किसान

सडकमा चिया पाेखेर प्रदर्शन

नगरपालिकाले चियाको मूल्य तोकेको विरोधमा किसानहरुले सोमबार इलामको सूर्योदय नगरपालिका कार्यलय घेराउ गरेका छन् । किसान र उद्योगीको सहमतिमा चिया खरिद बिक्री गर्दै आएकोमा नगरपालिकाले चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि, २०७५ लागू गरी न्यूनतम मूल्य प्रति किलोग्राम ४० रुपैयाँ कायम गरेको थियो ।

उद्योगीले चिया खरिद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती फालेर आन्दोलनमा उत्रिएका हुन् ।

उद्योगीले चिया खरिद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती फालेर आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकामा सञ्चालित कारखानाले हरियो पत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोध स्वरूप किसानले विराेध गरेका हुन् ।

उद्योगीहरुको संगठन सूर्योदय टि प्रोड्युर्सस एसोसिएसनमा आबद्ध ५२ चिया कारखाना बन्द भएपछि शनिबार नगरपालिका, किसान, उद्योगी र वाणिज्य संघका प्रतिनिधिबीच उद्योग सञ्चालन गर्ने सहमति भएको थियो ।

समस्या समाधानका लागि तत्काल गुणस्तरका आधारमा मात्र नगरले तोकेको मूल्यमा चिया खरिद गर्ने र एक उच्च स्तरीय समिति बनाएर दीर्घकालीन चिया क्षेत्रका समस्या समाधान गर्ने सहमति भएको थियो ।

समस्या समाधानका लागि तत्काल गुणस्तरका आधारमा मात्र नगरले तोकेको मूल्यमा चिया खरिद गर्ने र एक उच्च स्तरीय समिति बनाएर दीर्घकालीन चिया क्षेत्रका समस्या समाधान गर्ने सहमति भएको थियो ।

उद्योग सञ्चालनमा आएको १२ घण्टा नबित्दै किसानको चियामा गुणस्तर नपुगेको भन्दै कारखानाले चिया फर्काएपछि किसानले आन्दोलन थालेका छन् । नगरपालिका घेराउसहित किसानहरूले तत्काल निर्णय सच्याउन र सजह रूपमा चिया खरिद बिक्री गर्ने वातावरण बनाउन माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार