डेंगुबाट एक विद्यार्थीको मृत्यु !

 डेंगुको संक्रमणबाट झापामा एक जना विद्यार्थीको मृत्यु भएको छ। कमल गाउँपालिका वडा नम्बर ४ स्थित फोनिक्स इङ्लिस बोर्डिङ स्कुल कक्षा ९ का छात्र रिजेन राईको डेंगु संक्रमणबाट मृत्यु भएको कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।

यद्यपी डेंगुबाटै मृत्यु भएको कुरा सरकारी तवरबाट भने पुष्टि हुन बाँकी छ।

ईलामको साक्फारा घर भएका रिजेन कमल गाउँपालिकास्थित मामा घरमा बसेर अध्ययन गर्दै आएका थिए। विद्यालयका प्रमुख बद्री साम्पाङ्ग राईका अनुसार रिजेन गएको बुधबार विद्यालय आएका थिए। कक्षा कोठामै टाउको, हार्ड जोर्नी दुख्यो भनेपछि उनलाई विद्यालयले घर पुर्याएको थियो।

बिहीबार रिजेनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई दमकको नमस्ते अस्पतालमा उपचारका लागि लगिएको पारिवारिक स्रोतलाई उदृत गर्दै विद्यालय प्रमुख राईले जानकारी दिए।

नमस्ते अस्पतालले रिजेनको स्वास्थ्य परीक्षण गर्दा प्लेटलेटको मात्रा ६८ हजार मात्र रहेको जनाएको छ । सो अस्पतालका अनुसार सामान्यता स्वस्थ मानिसमा प्लेटलेटको मात्रा १ लाख ५० हजार देखि ३ लाख सम्म हुन्छ। नमस्ते अस्पतालका अनुसार डेगुको संक्रमण भयो भने प्लेटलेट ओरालो लाग्छ।

नमस्ते अस्पतालले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि रेफर गरेको अस्पतालले जनाएको छ। तर, रिजेनलाई त्यस दिन अर्थात बिहीबार घर ल्याएर शुक्रबारमात्रै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि लगिएको थियो। प्रतिष्ठानले अस्पतालमा आईसीयु कक्ष अभाव भएकाले विराटनगर रेफर गरेको जनाएको छ।

उनको आज आइतबार बिहान सो अस्पतालमा मृत्यु भएको कमल गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी रामचन्द्र मिश्रले जानकारी दिए। रिजेनको शवलाई मोरङ्को मंगलबारे स्वास्थ्य केन्द्रमा राखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार