भन्छन्,‘नेपालीमा सोचे जस्तो नम्बर नै आएन’

हेरिटेजका अशेषचन्द्र एसइईमा जिल्ला प्रथम

  सरलपाटी संवाददाता

 2610 पटक हेरिएको

इलाम,  गत वर्षको एसइई परीक्षामा हेरिटेज नेशनल एकाडेमी इलामका अशेषचन्द्र भट्टराई प्रथम भएका छन् ।

उनले एसइई परीक्षामा तीन दशमलब ९५ जिपिए ल्याउँदै जिल्ला प्रथम भएका हुन् ।

उनले एसइई परीक्षामा तीन दशमलब ९५ जिपिए ल्याउँदै जिल्ला प्रथम भएका हुन् ।

उनको यो प्राप्ताङ्क ए प्लस ग्रेड हो । उनकाे नेपाली ए ग्रेड आएको छ भने अन्य विषयमा ए प्लस ग्रेड आएको छ । जिल्ला उत्कृष्ट भएपछि हामीले उनलाई सम्पर्क गर्दा आफू नेपाली विषय बाहेक अन्य विषयको नतिजामा सन्तुष्ट भएको जनाए । भट्टराईले भने,‘नेपाली विषय बाहेक अन्य विषयमा चाहिँ मैले सोचे जस्तै माक्स आयो । तर ठिकै छ ।’

जिल्ला उत्कृष्ट भएपछि हामीले उनलाई सम्पर्क गर्दा आफू नेपाली विषय बाहेक अन्य विषयको नतिजामा सन्तुष्ट भएको जनाए । भट्टराईले भने,‘नेपाली विषय बाहेक अन्य विषयमा चाहिँ मैले सोचे जस्तै माक्स आयो । तर ठिकै छ ।’

यस्तै, जिल्लो तीन दशमलब ८५ जिपिए ल्याएर तीन जना विद्यार्थी दोस्रो भएका छन् । शिक्षा विकास तथा समन्वय इकाईका अम्बिका खनालका अनुसार ग्रीन भ्याली एकाडेमीका संगम घिमिरे, हेरिटेज नेशनल एकाडेमीका संकार तामाङ र सुदीप बराल तेस्रो भएका हुन् । खनालका अनुसार जिल्लामा यस वर्ष तीन दशमलब ६५ जेपिए ल्याउने ४९ जना विद्यार्थी रहेका छन् । यो ए ग्रेड हो ।

शिक्षा बिकास तथा समन्वय इकाई  इलामका दुई सय ८४ जनाले बी प्लस, चार सय ५७ जनाले बी, सात सय २७ जनाले सी प्लस, एक हजार एक सय २३ जनाले सी ल्याएका छन् । यस्तै, एक हजार पाँच सय १६ जनाले डि र तीन सय ३१ जनाले इ ल्याएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार