मलाई एकदमै मन पर्ने ठाउँ पोखरा हो । जहाँ असाध्यै धेरैपटक गइसकेको छु ।
अलिकति फुर्सद भयो र घुम्न जाने ठाउँ छान्नुपरे मेरो रोजाइ नै पोखरा हुन्छ । वर्षको दुईदेखि तीनपटकसम्म जान्छु ।
प्रकृतिले दिनेजति सबै चिज पोखरालाई दिएको छ । हिमाल, पहाड, बादल, घाम, नदी, तलाउ, रूखबिरुवा, हरियालीजस्ता तमाम चिजले सुसज्जित छ पोखरा ।
अहिले अलि लामो समय भयो त्यहाँ नगएको । अब जाने योजनामा छु । त्यहाँको प्राकृतिक सौन्दर्यले मलाई बेस्सरी तान्छ । प्रकृतिले दिनेजति सबै चिज पोखरालाई दिएको छ । हिमाल, पहाड, बादल, घाम, नदी, तलाउ, रूखबिरुवा, हरियालीजस्ता तमाम चिजले सुसज्जित छ पोखरा ।
मेरो दोस्रो असाध्यै मन पर्ने ठाउँ इलाम हो । जुन मलाई असाध्यै राम्रो लाग्छ । पोखराजस्तो धेरैपटक इलाम गएको छैन । तर, मिलेको वेलामा गइरहन्छु ।
मेरो दोस्रो असाध्यै मन पर्ने ठाउँ इलाम हो । जुन मलाई असाध्यै राम्रो लाग्छ । पोखराजस्तो धेरैपटक इलाम गएको छैन । तर, मिलेको वेलामा गइरहन्छु । त्यहाँको चिया बगान, हरियोपरियो र घरहरू राम्रा छन् । पछिल्लो समय म असोजमा गएको थिएँ । अब यो साल पनि जाने विचारमा छु ।