एसईई परीक्षा :प्रदेश १ बाट ८१ हजार ७६ जना उतीर्ण(अपडेट)

परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

यस वर्षको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार ३ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये ४ लाख ५९ हजार २ सय ७५ जना नियमिततर्फ पास भएका छन् भने ९ हजार ६ सय ३३ जना प्राविधिकतर्फ पास भएका छन् ।
यस्तै प्रदेशतर्फ कुन प्रदेशका कति परीक्षार्थी उतीर्ण भए ? यहाँबाट जानौँ ।

प्रदेश १ बाट ८३ हजार ८ सय १८ परीक्षार्थी सहभागी भएकामा ८१ हजार ७६ जना उतीर्ण भएका छन् ।

प्रदेश २ मा ७० हजार ५ सय ६८ जना परीक्षार्थीमध्ये ६६ हजार ४ सय ५४ जना उतीर्ण बने ।

प्रदेश ३ बाट १ लाख ६ हजार २ जना विद्यार्थीहरुले परीक्षा दिएका थिए । त्यसमध्ये १ लाख ५ हजार ६ जना उतीर्ण भएका छन् ।

गण्डकी प्रदेशबाट ४५ हजार ३ सय ६ जनाले परीक्षा दिएकोमा ४७ हजार ३ सय १९ विद्यार्थी उतीर्ण भएका छन् ।

प्रदेश ५ मा ७६ हजार ९ हजार ८३ परीक्षार्थीले सहभागी भएकोमा ७६ हजार ८ सय ४४ विद्यार्थी उतीर्ण भएका छन् ।

कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ जना परीक्षार्थीले परीक्षा दिएका थिए । जसमध्ये ३२ हजार ९ सय ६६ विद्यार्थी सफल भएका छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा ५३ हजार ९ सय ७२ जना परीक्षार्थीले परीक्षा दिएकोमा ५० हजार ६ सय १० विद्यार्थी उतीर्ण भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार