इलाम नगरपालिकाले दुई लाखसम्म ऋण दिने, खाली बोतलमा एक रुपैयाँ सेवा शुल्क लाग्ने

इलाम नगरपालिकाकाे नयाँ कार्यत्रफम

  सरलपाटी सम्वाददाता

 638 पटक हेरिएको

इलाम ।
इलाम नगरपालिकाले व्यवसायीलाई दुई लाख रुपैयाँसम्म ऋण दिने योजना सार्वजनिक गरेको छ । पाँचौं नगरसभा बैठकमा नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै उपप्रमुख सुशिला नेम्वाङले यसको जानकारी दिइन् ।

गरिबी निवारण सामाजिक परिचालन कोषबाट सात प्रतिशत ब्याजमा ऋण दिइने आर्थिक विधेयकमा उल्लेख छ । समूहगत धितोमा व्यवसायीले एक लाख रुपैयाँसम्म ऋण पाउनेछन् । ऋण लिने व्यवसायी नगरपालिकाभित्रको सेयर सदस्य भए या उद्योग वाणिज्य संघको सदस्य भएमा सम्बन्धित संस्थाको सिफारिस र जमानतमा थप एक लाख रुपैयाँ थपेर दुई लाखसम्म ऋण पाउने व्यवस्था गरिएको छ । ऋण लिने व्यवासायी वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय गरेको भए एक वर्षको ब्याजमा एक प्रतिशत छुट हुनेछ ।

नगरपालिकाले इलाम नगरक्षेत्रभित्र बिक्री तथा वितरण हुने मदिराजन्य पेयपदार्थ र पिउने पानीको खाली बोतलमा एक रुपैयाँका दरले शुुल्क लाग्ने भएको छ । खाली बोतलमा एक रुपैयाँ सरसफाइ शुल्क लाग्ने नयाँ व्यवस्था गरिएको हो । त्यस्तै, प्लास्टिक ग्लासको प्रयोग गर्नेमाथि पाँच सय रुपैयाँ जरिवाना निर्णय नगरसभाले गरेको छ । नगरपालिकाले०७५ साउन एक गतेबाट प्लास्टिक ग्लासको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार