इलाम नगरपालिकाको बजेट ८६ करोड ८२ लाख

चालुको भन्दा ७ करोड बढि

  सरलपाटी सम्वाददाता

 2378 पटक हेरिएको

इलाम ।
इलाम नगरपालिकाको पाँचौ नगरसभाले आगामी आर्थिक वर्ष २०७६÷०७७ को लागि ८६ करोड ८२ लाख २२ हजार रुपैयाँको बजेत तथा कार्यक्रम पारित गरेको छ । चालु आवको भन्दा ७ करोड दुई लाख २२ हजार रुपैयाँ बढि रकमको बजेट ल्याएको हो । चालुआवमा ७९ करोड ८० लाख रुपैयाँको बजेट कार्यान्वयन गरिदैछ । पाँचौ नगरसभामा उपप्रमुख सुशिला नेम्वाङ्गले आर्थिक विधेयक र विनियोजन विधेयक पेश गरेकी थिइन् । दुवै विधेय छलफल पछि पारित भएको हो ।
कुल बजेटको ५५ करोड २९ लाख ४८ हजार रुपैयाँ चालुतर्फ, ३१ करोड १६ लाख ७४ हजार रुपैयाँ पुजीगत तर्फ विनियोजन गरेको छ । ३६ लाख रुपैयाँ वित्तिय व्यवस्थापनमा लागि विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार