‘रेशम चौधरीलाई बाँधिएको साङ्लो हटाइयोस्’

एकाविहानै मुख्यसचिवलाई प्रधानमन्त्रीको फोन

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद रेशम चौधरीलाई उपचारका क्रममा बीर अस्पतालको शैयामा पनि साङ्लो (नेल) ले बाँधिएको घटनामा चासो दिएका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार चौधरीलाई नेल लगाएर उपचार गरेको फोटो सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण भएको हो।

प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई शनिबार विहान टेलिफोन गरी चौधरीलाई साङ्लो लगाउन संलग्न रहेकालाई तत्कालै कारबाही गर्न र उनको गोडामा लगाइएको साङ्लो हटाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार चौधरीलाई नेल लगाएर उपचार गरेको फोटो सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण भएको हो।‘प्रधानमन्त्रीले विहान मुख्यसचिवलाई फोन गरेर चौधरीलाई अस्पतालमा नेल लगाउन संग्लन कर्मचारीलाई तुरुन्तै कारबाही गर्न निर्देशन दिनुभयो,’ अधिकारीले भने।

डिल्लीबजार जेल बन्दी रहेका सांसद चौधरी बुधबारदेखि उपचारका लागि बीर अस्पतालमा छन्। कैलाली घटनाको मुख्य योजनाकारको आरोपमा बन्दी रहेका चौधरीलाई ढाड र फोक्सोको समस्याबाट पीडित छन्।

डिल्लीबजार जेल बन्दी रहेका सांसद चौधरी बुधबारदेखि उपचारका लागि बीर अस्पतालमा छन्। कैलाली घटनाको मुख्य योजनाकारको आरोपमा बन्दी रहेका चौधरीलाई ढाड र फोक्सोको समस्याबाट पीडित छन्।       

उपचारका लागि अस्पताल भर्ना भएका चौधरीलाई सुरक्षाको कारण देखाउँदै प्रहरीले नेल लगाएको हो। चौधरीलाई भेटन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई शुक्रबार अस्पताल पुगेका थिए भने स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र चौधरी बिहीबार अस्पताल पुगेका थिए। चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य बिजयी भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार