कार्यकर्ता हत्या गरेकाे भन्दै विप्लवको आपत्ति – आन्दोलनका कार्यक्रम सार्वजनिक(विज्ञप्तीसहित)

असार १० गते बन्दको घोषणा

  सरलपाटी संवाददाता

 538 पटक हेरिएको

। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ ।

  1. बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले असार १० गते बन्द घोषणा गरेको हो ।

बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले असार १० गते बन्द घोषणा गरेको हो ।    पार्टी महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका थप कार्यक्रमसमेत घोषणा गरेको छ ।

असार ७ गते प्रचारप्रसार, ८ गते कोणसभा र घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । हेर्नुस् विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार