बल्झिदैँ ३३ किलो सुन काण्ड–न्यायाधीशसँग स्पष्टीकरण माग

३३ किलो सुन काण्ड

साढे ३३ किलो सुन प्रकरण मुद्दा प्रक्रिया शंकास्पद भेटिएपछि काजमा तानिएका विराटनगर उच्च अदालतका तीनजना न्यायाधीशलाई न्यायपरिषद् बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा मंगलबार बसेको बैठकले विराटनगर उच्च अदालतका तीन न्यायाधीशलाई स्पष्टीकरण सोध्ने, तीनजनालाई ध्यानाकर्षण गराउने, एकजनालाई सचेत बनाउने र दुईजनालाई सफाई दिने निर्णय गरेको छ । न्यायपरिषद्मा ९ जना न्यायाधीश काजमा रहेका थिए ।

सुनकाण्ड मुद्दामा कानुनभन्दाबाहिर गएर आदेश गरेको भन्दै विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ८ जना न्यायाधीशलाई परिषद्मा काजमा तानिएको थियो । पाँचमहिनादेखि कामविहीन बनेका न्यायाधीशलाई न्याय परिषद्ले प्रक्रिया अगाडि बढाएको हो । न्यायपरिषद् बैठकले तीन न्यायाधीश साधुराम सापकोटा, थीरबहादुर कार्की र उमेश सिहंलाई ७ दिनभित्र स्पष्टीकरण मागेको छ । बैठकले न्यायाधीशलाई मौका पेस गर्न दिने निर्णय अनुरूप स्पष्टीकरण सोधिएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए । तीनजना न्यायाधीशले ७ दिनभित्रमा स्पष्टीकरण पेस गर्नुपर्नेछ । स्पष्टीकरणपछि कारबाही गर्ने वा सफाइ दिने भन्ने परिषद्ले निर्णय गर्नेछ ।

त्यसैगरी मुख्य न्यायाधीश कुलरत्न भुर्तेल, न्यायाधीशहरू सारंगा सुवेदी र जनक पाण्डेलाई ‘ध्यानाकर्षण’ गराउने निर्णय भएको छ । तीनजना न्यायाधीशले गरेको काममा अपेक्षित भूमिका नदेखिएको भन्दै ‘ध्यानाकर्षण’ गराइएको प्रवक्ता कार्कीले बताए । उनीहरूलाई कारबाही पनि गरिएको छैन, काममा पनि फिर्ता बोलाइएको छैन । ‘ध्यानाकर्षण’ भनिएका न्यायाधीशलाई आगामी कामसमेतको अनुगमन हुने र गरिएको काम कुशल ढंगले नभएको परिषद्को निक्र्यौल छ । ‘तपाईंहरूको कामबारे अपेक्षित भूमिका निर्वाह गर्न नसकेको देखिएको छ,’ न्यायपरिषद् वैठकको निर्णय उद्धृत गर्दै प्रवक्ता कार्कीले भने ।

  • त्यसैगरी मुख्य न्यायाधीश कुलरत्न भुर्तेल, न्यायाधीशहरू सारंगा सुवेदी र जनक पाण्डेलाई ‘ध्यानाकर्षण’ गराउने निर्णय भएको छ । तीनजना न्यायाधीशले गरेको काममा अपेक्षित भूमिका नदेखिएको भन्दै ‘ध्यानाकर्षण’ गराइएको प्रवक्ता कार्कीले बताए । उनीहरूलाई कारबाही पनि गरिएको छैन, काममा पनि फिर्ता बोलाइएको छैन । ‘ध्यानाकर्षण’ भनिएका न्यायाधीशलाई आगामी कामसमेतको अनुगमन हुने र गरिएको काम कुशल ढंगले नभएको परिषद्को निक्र्यौल छ । ‘तपाईंहरूको कामबारे अपेक्षित भूमिका निर्वाह गर्न नसकेको देखिएको छ,’ न्यायपरिषद् वैठकको निर्णय उद्धृत गर्दै प्रवक्ता कार्कीले भने ।त्यसैगरी दुईजना न्यायाधीशको विषय भने तामेलीमा राख्ने निर्णय भएको छ । उमेर हदका कारण न्याय सेवाबाट अवकाश लिइसकेका न्यायाधीशहरू उमेशराज पौडेल र नागेन्द्रलाभ कर्णलाई सफाइ दिइएको हो । त्यसैगरी, काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँलाई ‘सचेत बनाउने’ निर्णय भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं जिल्ला अदालतका कर्मचारी भोलानाथ चालिसेले गत फागुन १७ मा घुससहित पक्राउ गरेको थियो । सवारी ज्यान मुद्दा सहज बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेका चालिसेलाई अख्तियारले ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । कर्मचारी चालिसेले अख्तियारमा बयान दिँदा रकम न्यायाधीशलाई बुझाउनुपर्ने बताएपछि बयानको आधारमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश बानियाँलाई काजमा न्यायपरिषद् तानिएको थियो । न्यायाधीश बानियाँलाई ‘सचेत बनाउने’ मात्र निर्णय भएको छ । उनलाई पनि कुनै कारबाही नगरी सचेत बनाइएको हो । बाबुकाजी बानियाँको विषयमा छानबिन गर्न सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा समिति बनेको थियो । समितिले प्रतिवेदन बुझाएपछि उनलाई सचेत बनाउने निर्णय भएको हो ।

विराटनगर उच्च अदालतका मुख्य न्यायाधीशसहित ८ जनाका लागि दोस्रोपटक सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको अध्यक्षतामा छानबिन समिति गठन भएको थियो । समितिमा सर्वोच्चकै न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठ रहेका थिए । समितिले करिब दुई महिना लगाएर छानबिन गरी प्रतिवेदन बुझाएको एकसातापछि परिषद् बैठकले स्पष्टीकरण सोध्ने, सचेत बनाउने र ध्यानाकर्षण गर्ने निर्णय गरेको हो ।

यसअघि न्यायपरिषद्को बैठकले काजमा रहेका दुईजना जिल्ला न्यायाधीशमाथि कारबाही गरिसकेको छ । न्यायपरिषद्मा परेका उजुरी छानबिनपछि काजमा तानिएकामध्ये दुईजना न्यायाधीश विश्वमंगल आत्रेय र ओमकार उपाध्यायमाथि कारबाही गरेको हो । ललितपुर जिल्ला अदालतका न्यायाधीश आत्रेयलाई पदबाट हटाइएको र तनहुँ जिल्ला अदालतका न्यायाधीश उपाध्यायमाथि नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दर्ता गरिसकेको छ । न्यायाधीश उपाध्यायको स्नातक तहको शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भैसकेको छ । यसअघि गठन भएको छानबिन समितिले स्थायी प्रमाणपत्र हालसम्म पेस नगरेको भन्दै र विवादास्पद देखिन आएको सुझाव दिएको थियो । छानबिन समितिको सुझावको आधारमा न्यायपरिषद्ले उपाध्यायमाथि नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दर्ता गरेको हो ।    नागरिक अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार