वर्तमान सरकार जनताप्रति उत्तरदायी:प्रम ओली

  सरलपाटी सम्वाददाता

 518 पटक हेरिएको


काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनताप्रति पूर्ण रुपमा उत्तरदायी भएको बताएका छन् ।
यूरोपको ९ दिने भ्रमण पूरा गरी अाइतबार स्वदेश फर्कने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारले जनताको इच्छा अनुसार काम गर्ने भएकोले विभिन्न बहानामा जनता नउछाल्न चेतावनी दिएका छन् । ‘अबको समयआवेश उत्तेजना र द्वन्द्वको समय होइन’ प्रधानमन्त्रीओलीले भने ‘यो संवाद,सहमति, र अग्रगमनको समय हो ।’
प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताप्रति उत्तरदायी भएकोले जनताको मन दुखाउने काम नगर्ने बताए । ‘यो सरकारले जनताको मन दुखाउने होइनजनताहसाँउने काम गर्छ’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले गुठी विधेयकले कसैलाई मार परेको भए त्यसलाई सरकारले हेर्ने बताए । “गुठीका नाममा कतिपय ठाउँमा गरिब माथीशोषण भएको छ । त्यो शोषण हामी हटाउन चाहन्छौं” प्रम ओलीले भने ‘तर यसले कसैलाई धक्का परेको भए त्यसलाई पनि हेर्छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार