सूर्योदय कवि महोत्सवको छनोट चरणको कार्यक्रम सम्पन्न

  भावना न्यौपाने

 1358 पटक हेरिएको

इलाम,  प्रथम सूर्योदय कवि महोत्सवको छनोट चरणको कार्यक्रम आज सूर्योदय नगरपालिका ९ रम्फोकमा सम्पन्न भएको छ । सूर्योदय नगरपालिका इलामको आयोजना तथा गणेश रसिक फाउण्डेशनको व्यवस्थापनमा भएको प्रतियोगितात्मक कविता महोत्सवमा नगरपालिकाका २३ जनाले सहभागिता जनाएका थिए ।

रेडियो फिक्कलको सभाहलमा सम्पन्न कार्यक्रम महोत्सव व्यवस्थापन समितिका सयोंजक भुवनराज ढुंगानाको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा नगरप्रमुख राईले नगरपालिका कविता भाषा साहित्य राष्ट्रको पहिचान भएको भन्दै नगरपालिकाले आगामी बर्षमा कला साहित्यको क्षेत्रमा बिशेष ध्यान दिएर कार्यक्रम राख्ने बताउनु भयो । प्रमुख राईले आफैले लेखेको सूर्योदयन गरपालिकासम्बन्धी कविता समेत बाचन गर्नुभएको थियो ।
कार्यक्रममा आख्यानकार कृष्ण बरालले कविता निक्कै गहन बिषय भएको बताउदै कसैको करकापले कविता नहुने भन्दै कविता लेख्नका लागि भित्री हृदयबाट फुर्नु पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा उत्कृष्ठ पाँच जना छनोट गरिने छ । छनोट भएका सबैले आगामी असार ४ गते सूर्योदय नगरपालिका फिक्कलमा हुने कार्यक्रममा कविता वाचन गर्ने र पुरस्कृत गरिने छ । उक्त कार्यक्रम प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा हुने छ । कार्यक्रमको नतिजा भोलि विहान सम्ममा प्रकाशित गरिने छ ।

विजेताले नगद १० हजार रुपैया , दोस्रो हुनेले नगद ७ हजार ५ सय तेस्रो पुरस्कार पाँच हजार तथा दुईजना सान्तवना हुने दुई जनालाई नगद २ हजार ५ सयसहित साथमा प्रमाण पत्र प्रदान गरिने छ । कार्यक्रममा बरिष्ठ साहित्यकार लेखक तथा गायक एक रेडियो फिक्कलका अध्यक्ष गणेश रसिक , गणेश रसिक फाउण्डेशनका अध्यक्ष निरा रसिक राई ,लगायत आयोजक व्यवस्थापन समितिका पदाधीकारी उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार