कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न माग गर्दै विज्ञप्ती

  सरलपाटी संवाददाता

 1126 पटक हेरिएको

गत आइतबार झापाको कन्काई हस्पिटलमा प्रहरीले दमन गर्दै सूर्योदय न गरपालिका १० का वडाध्यक्ष पेमा उगेन लामा र सोनाम योल्मोमाथि नियोजित रूपमा कुटपिट गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ इलामले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

इलाम सूर्योदय नगरपालिकाकी छिरिङ तामाङकी २१ बर्षीय छोरी विविता तामाङको उपचारमा लार्पाबाही भएको भन्दै प्रशासनसँग वार्ताका लागि अस्पताल परिसरमा पुग्दा प्रहरीले सोनाम योल्मो र पेमा उगेनमाथि प्रहरीले कुटपिट गरेको थियो ।

महासंघका उपाध्यक्ष दीपक गुरुङको हस्ताक्षरीत विज्ञप्तीमा इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख मोहनकुमार थापाको नेतृत्वको टोलीले नियोजित रूपमा आक्रमण गरेको भन्दै महासंघले कारबाही गर्न माग गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार