१३ महिना इलाममा एसपी पद समालेर सरुवा भएका माधव श्रेष्ठले इलाम बसेको १३ महिना समय ७ दिन जस्तो लागेको उल्लेख गरेका छन् । श्रेष्ठले सर्वसाधारण तथा संस्थाले सहयोग गरेकाले इलाममा रहेर धेरै उपलब्धीमुलक काम गर्न सकेको खुसी व्यक्त गरे ।
श्रेष्ठले इलाममा उच्च उमंगका साथ काम गर्न सकेको भन्दै सबैलाई धन्यबाद दिए । एसपी श्रेष्ठकै विदाइ समारोह कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) इलामका अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर मगर(राना)ले प्रहरी भन्ने वित्तिकै घटना सम्बन्धी काम गर्ने मात्र आफूले पहिले बुझेपनि पछिल्लो समय आफ्नो समेत मनस्थिति परिवर्तन भएको बताए । जिल्ला युवा समिती, इलाम र भरोसा नेपाल, इलामको आयोजनामा जिल्ला प्रहरी कार्यालय इलाम प्रमुख श्रेष्ठलाई कार्यक्रम गरि विदाइ कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला युवा समिति इलामका अध्यक्ष नवराज शंकर अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, राष्ट्रिय अनुसन्धानका तुल्सी कट्टेल, इलाम नगरपालिकाका ठाकुरनारायण श्रेष्ठलगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।
इलामका प्रहरी उपरीक्षक(एसपी) माधवप्रसाद श्रेष्ठ बागमती प्रहरी कार्यालयमा सरुवा भएका छन् । उनका ठाउँमा प्रहरी हेडक्वाटरबाट प्रहरी उपरीक्षक हिराबहादुर पाण्डे आउने भएका छन् ।