प्रधानमन्त्री बारे प्रचण्डको प्रष्टोक्ति – ‘ओलीजी नै पाँच वर्ष प्रधानमन्त्री’

  सरलपाटी संवाददाता

 443 पटक हेरिएको

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षसम्मै प्रधानमन्त्री केपी ओलीले नै सरकार चलाउने बताएका छन् ।

धरानमा शनिबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा अध्यक्ष प्रचण्डले पार्टीको विस्तृत बुझेर मात्रै धारणा बनाउन कार्यकर्तालाई आग्रह गरेका छन् । कैही दिन अघि पार्टी एकता ताका ओलीसँग भएको सहमतिको विषयमा मिडियामा गलत प्रचार भएको समेत बताए । आफुले सहमति भएको छ भन्ने कुरा गरेको तर १५ महिना पछि सरकार फेरिने भन्दैं मिडियाले अफवहा फैलाएको भन्दै मिडियाको पछि नलाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । ‘हामी निरन्तर छलफलमा छौं, ओलीजीले नै पाँच वर्षसम्म सरकार चलाउनुहुन्छ । त्यो कुनै आपत्तिको विषय होइन,’ प्रचण्डले भने ।

दुई अध्यक्षबीचमा जोसुकैले पनि ५ वर्षसम्मै प्रधानमन्त्री बन्न सक्ने उनको भनाई थियो । उनले पार्टी एकीकरणका बाँकी रहेका विषयलाई दुई दिनभित्रमा टुंग्याउने पनि बताए । उनले कार्यकर्तालाई प्रशिक्षणपछि किरात राई यायोक्खा सुनसरीले आयोजना गरेको साकेला प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार