इलाम, २ जेठ ः इलाम सदरमुकाममा मानसिक तनाव न्यूनीकरणसम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ । पछिल्लो समय मानसिक तनावका कारण युवा युवाहरू आत्महत्या गर्न थालेको भन्दै त्यस्ता घटना न्यूनीकरणका लागि प्रशिक्षक दिइएको हो ।
प्रशिक्षणमा घरायसी समस्या, व्यक्तिगत समस्यालगायतका कारण पनि युवायुवती बढी मानसिक तनाव लिने गरेकाले बताइएको थियो ।
यस्ता घटना घट्न नदिन परिवारको निगरानीमा राख्नु पर्ने, विद्यालयस्तरमा मानसिक तनाव न्यूनीकरणसम्बन्धी तालिम दिइनु पर्ने लगायतका विषय अघि सारिएको थियो ।
प्रशिक्षणको सहजीकरण मानव अधिकार मञ्च नेपाल इलामका मनोसामाजिक परामर्शकर्ता रुद्र थेवे र नेपाल युवा परिषद्का प्रदेश नं.१ का संयोजक सशुील राघवले गर्नुभएको थियो ।
नेपाल युवा परिषद्को आयोजनामा भएको कार्यक्रममा भएको कार्यक्रमको अध्यक्षता परिषद्का इलाम अध्यक्ष सुमन दियालीले गर्नुभएको थियो ।


1132 पटक हेरिएको 






