स्थानीय तहलाई भू–उपयोग सम्बन्धी प्रतिवेदन प्रदान

  सरलपाटी संवाददाता

 809 पटक हेरिएको

नापी विभागले तयार पारको स्थानीय तहको भू–उपयोग सम्बिन्ध तथ्यांक इलामका दशवटै स्थानीय तहलाई हस्तान्तरण गरिएको छ . विभागले तयार पारेको भू –उपयोग नक्सा, रिपोर्ट र डिजिटल तथ्यांक प्रदान गरिएको हो .।
विभागले तयार पारेको रिपोर्टमा स्थानीय तहको अहिलेको भ“ उपयोगको अवस्था, माटोको प्रकार, उर्भरताको आधारमा जमिनको क्षमताको वर्गिकरण, जोखिमय’क्त क्षेत्रको वर्गिकरण गरिएको छ । त्यस्तै भू उपयोग नीति २ ७२ ले निर्धारण गरेको उपक्षेत्रको समेत वर्गिकरण गरिएको छ । त्यसमा कृषि, बसोबास, ब्यवसायीक, औद्योगिक, खानी तथा खनिज क्षेत्र, नदी तथा ताल क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक क्षेत्र, वन क्षेत्र, सार्वजनिक उपयोगका लागि खाली क्षेत्र र उत्खनन् क्षेत्र समेत वर्गीकरण गरिएको छ . नापी विभागले स्थानीय तहलाई उपलब्ध गराएको भ“–उपयोग सम्बन्धी तथ्यांकमा सम्बन्धित स्थानीय तहको आर्थिक सामाजिक प्रोफाइल समेत समावेश गरिएको छ . नापी विभागले तयार पारेको रिपोर्टले स्थानीय तहलाई विकास निर्माणको योजना बनाउन र कार्यान्वयनमा सहयोग प’ग्ने नापी अधिकृत शिखर पोख्रेलले बताए . ‘यो तथ्यलाई आधार मानेर स्थानीय तहले अरू नीति र योजना बनाउन सहयोग पुग्छ’उनले भने,‘स्थानीय तहलाई आफ्नो सम्भावनाय’क्त क्षेत्र र जोखिम क्षेत्रका बारेमा थाहा हुन्छ ।’
स्थानीय तहलाई प्रतिवेदन बुझाउँदै जिल्ला समन्वय समिति इलामका प्रम’ख गणेश बरालले नापी विभाले तयार पारेको रिपोर्टलाई आधार मानेर अघि बढ्न सकिने बताए . ‘यसलाई आधार तथ्य मानेर योजना बनाउन सकिन्छ,’उनले भने,‘यसमा भएका सवैक’रा सही नह’न सक्छ, त्यसलाई सच्याउँदै अघि बढ्नु पर्छ ।’
प्रतिवेदन बुझ्नु अघि भएको प्रस्त’तीकरणमा स्थानीय तहका प्रमुखले आफूहरूलाई समन्वय र जानकारीनै नगराई कसरी प्रतिवेदन तयार भयो भन्दै प्रश्न गरेका थिए . ‘रोङ गाउँपालिकाको कहाँ कहाँबाट स्याम्पल लिएर यो प्रतिवेदन बनाइयो ?’रोङ गाउँपालिका अध्यक्ष समशेर राईले प्रश्न गरे,‘हामीलाई जानकारी नदिइ समन्वय नगरि काठमाडौ बसेर बनाइएको प्रतिवेदन हामीलाई कसरी उपयोगी हुनसक्छ ?’ नापी विभागका प्रतिनिधिले भने स्थानीय तहको भूगोल माटोको नमूनाको जाँच गरेरै प्रतिवेदन तयार पारेको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार