पाँचथरको हिलिहाङ गाँउपालिका–४ पञ्चमीको कात्तिके भन्ने स्थानमा बालिकाको हत्या अाशकामा एक जनालाई पक्राउ गरिएको छ । प्रहरी निरीक्षक (इक्स्पेक्टर) अनील पौडेलका अनुसार हत्यामा संलग्न भएको आरोपमा भगिरथ बास्तोलालाई प्रहरीले पक्राउगरेको छ।
फिदिमको बसपार्कबाट बास्तोललाई पक्राउ गरीएको हो। उनले हत्या गरेको भनी स्वीकार गरेका छन्। त्यस्तै हत्यामा संलग्न भएको आरोप लागेका पदम तामाङलाई खोजी भइरहेको छ। केहि दिन देखि दुई जना कात्तिके भन्ने ठाँउमा माक्स लगाएर हिडिरहेको स्थानियले दिएको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पहिचान गरेको हो। अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।
‘शव बाटोमा फालिएको अवस्थामा थियो। केहिमाथि खाली रहेको घरमा हत्या गरी सडक छेउमा राखिएको देखिएको थियो’ इक्स्पेक्टर पौडेलले भने ‘अनुसन्धान भईरहेको छ। पोष्र्टमाटम गरीएपछि थप कुरा खुल्ने छ।’ परिवारका अनुसार कक्षा–१० मा पढ्ने शितल विद्यालयबाट फर्किएरघरको केहि काम गरी दिउँसो साढे चार बजेतिर घरबाट निस्किएकी थिइन।
राती ७ः३० बजेतिर एक शिक्षकले सडक छेउमा मान्छेजस्तो देखिएपछि गाँउलेलाई बोलाएर हेर्दा घाटी रेटिएको अवस्था किशोरीको शव फेला परेकोे थियो। मान्छे नबस्ने घरमा हत्या भएको पाइएको पौडेलले जानकारी दिए।


921 पटक हेरिएको 






