इलाम उद्योग वाणिज्य संघको आठौं अधिवेशनमा लोकतान्त्रिक समूहका इश्वर चिपालूको प्यानलै विजयी भएको छ ।
विजयी चिपालूले प्रतिष्पर्धी प्रगतिशील समूहका देबेन्द्र शंकरलाई जितेका हुन् । जीतका लागि चिपालूले छ सय ३४ मत ल्याएका छन् भने शंकरले तीन सय ९३ मत प्राप्त गरेका छन् ।
यस्तै,वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका कृष्ण पौडेल विजयी भएका छन् । पौडेलले ६ सय १६ मत ल्याएर विजयी हुँदा उनका प्रतिष्पर्धी प्रगतिशील प्यानलका भक्तबहादुर लुङ्गेलीले ३ सय ९० मत प्राप्त गरेका थिए ।
संघको वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका दिपेश श्रेष्ठले ६ सय २७ मत ल्याएर जीत निकाल्दा प्रगतिशील प्यानलका भगिरथ कट्टेललले ३ सय ८७ मत मात्र पाए ।
उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका दुर्गा श्रेष्ठ(मदन)ले ६ सय ३ मत पाएर जित्दा उनका प्रतिष्पर्धी प्रगतिशील प्यानलका प्रविणकुमार श्रेष्ठले ४ सय २२ मत पाएका थिए ।
महिला उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका अनुजा गजुरेल (सुवेदी) ले १ सय २४ मतान्तरले विजयी बनिन् । सुवेदीले ५ सय ६५ मत ल्याउँदा प्रतिष्पर्धी प्रगतिशील प्यानलकी कमला बाँस्कोटा (रिजाल) ले ४ सय ४१ मत पाइन् ।
महासचिवमा लोकतान्त्रिक प्यानलका हेमन्त गौतमले ५ सय ८७ मत पाउँदा प्रतिष्पर्धी प्रगतिशील प्यानलका प्रकाश चापागाईले ४ सय २६ मत प्राप्त गरे । सचिवमा लोकतान्त्रिक प्यानलका श्रीबहादुर विष्ट ५ सय ६० मत पाउँदा प्रतिष्पर्धी प्रगतिशील प्यानलका केशव खनालले ४ सय ५३ मत पाएका थिए ।
यस्तै,कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका सन्तोष भक्तराजलवट विजयी बने । भक्तराजलवटले ५ सय ७९ मत पाउँदा प्रतिष्पर्धी प्रगतिशील प्यनलकी दिव्या भट्टराईले ४ सय ३५ मात्र प्राप्त गरिन् ।
तीन महिला सदस्यमा लोकतान्त्रिक प्यानलका खिनामाया (खिना) बस्नेत ५ सय ५६ मत, देवीकला पोखरेल (निरौला) ५ सय ३३ मत र दिपा गुरुङ ५ सय २ मतका साथ विजयी बनेका छन् । उनीहरुका प्रतिष्पर्धी प्रगतिशील प्यानलका कौशिला राईले ४ सय ५३, गंगादेवी पाठक (उप्रेती) ले ४ सय २९ र रमादेवी थापा (पराजुली) ले ४ सय २० मत मात्र पाएका थिए ।
त्यस्तै, पाँच खुल्ला सदस्यमा पनि लोकतान्त्रिक प्यानलका कर्णबहादुर साम्पाङ ५ सय ४४, बालकुमार श्रेष्ठ ६ सय ५, देवीप्रसाद पौडेल ५ सय ४६, सुमन दास ५ सय ५४ र सुमन (धर्मेन्द्र) सुवेदी ५ सय ७७ मतका साथि विजयी बने । प्रतिष्पर्धी प्रगतिशील प्यानलका रेशमबहादुर बराइलीले ४ सय ८३, नेत्रप्रसाद पोख्रेलले ४ सय १२, ठाकुरप्रसाद कट्टेलले ४ सय २६ र चन्द्रबहादुर निरौला (मदन) ले ३ सय ८१ मत मात्र पाएका थिए ।
एक हजार दुई सय ५७ मतदातामध्ये एक हजार ६८ मत खसेको थियो । २० मत बदर भएको थियो ।


573 पटक हेरिएको 






