इलाममा सम्पन्न प्रथम इलाम आमन्त्रित भलिवल प्रतियोगीताको उपाधि गण्डकी प्रदेश टिमले हात पारेको छ ।
इलामको ठूलो टँुडिखेलमा आइतबार सम्पन्न प्रतियोगितामा भिमान टूेडर्स विर्तामोडलाई पराजित गर्दै उपाधि चुमेको हो । विजेताले एक लाख ५१ हजार रुपैयाँ रुपैयाँ सहित ट्रफी मेडल प्रमाण पत्र हात पा¥यो । उपविजेतामा चित्त बुझाएको विर्तामोडले ८१ हजार नगदमा चित्त बुझाउनु प¥यो । गण्डगी प्रदेश टिमले विर्तामोडलाई २५–१७, २५–१३, २५–२१ को सोझो सेटको सहज जीत निकाल्यो । खेलको म्यान अफ दि म्याच गण्डगीका राजिव तुम्रोक घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी हरि पाण्डे घोषित भएका छन् । सेमी फाइनलमा गण्डकीले ताप्लेजुङ भलिवल टिम र विर्तामोडले नवचेतना बरबोटेलाई पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।
उपाधि विजेता तथा उप विजेतालाई जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत प्रमुखजिल्ला अधिकारी श्रवणकुमार तिम्सिना लगायतले पुरस्कार वितरण गरेका थिए ।
वैशाख २६ गतेदेखि सुरु भएको प्रतियोगिता जिल्लकै ठूलो धनराशीको भलिवल प्रतियोगिता हो ।


1122 पटक हेरिएको 






