
थिम्पुको दोर्जे वाङचुक अस्पतालमा शनिबार एक बिरामीको पिसाब थैलीको सफल अपरेशन गरे डा. लोतेय छिरिङले । लोतेय छिरिङ अर्थात भूटानका प्रधानमन्त्री । उनी साताको पाँच दिन प्रधानमन्त्रीका रुपमा व्यस्त हुन्छन् भने सप्ताहन्तका दुई दिन अस्पतालमा काम गर्छन् ।
‘अस्पतालमा काम गर्नु मेरा लागि तनाब कम गर्ने उपाय हो,’ गतसाल प्रधानमन्त्री निर्वाचित भएका छिरिङ भन्छन्, ‘कोही गल्फ खेल्छन्, कोही धनुकाण खेल्छन्, म अपरेशन गर्छु । म अस्पतालमा सप्ताहन्त मनाउँछु ।’
प्रधानमन्त्री छिरिङ अस्पतालमा काम गर्न पुग्दा त्यहाँ कुनै तामझाम हुँदैन । साधारण डाक्टरजस्तै उनी अस्पताल पुग्छन् । अरु सबै आआफ्नो काम गरिरहेका हुन्छन् । उनी नियमित डाक्टरले झैं आफ्नो काम गर्छन् ।


577 पटक हेरिएको 






