अपराध अनुसन्धानमा फरेन्सिक आर्ट भनिने रेखाचित्र मार्फत अपराधी पक्राउमा सफलता पाएको नेपाल प्रहरीले जनाएको छ।
तर महत्वपूर्ण विधि मानिने भएपनि त्यस्तो क्षमता भएका सई योगेस महर्जन एक्ला प्रहरी हुन्। विगत नौ वर्षदेखि यस कार्यमा सक्रिय रहेका महर्जन फरार तथा पहिचान नभएका अपराधीसम्म पुग्न रेखाचित्र निकै प्रभावकारी भएको बताएका छन्।
घटनासँग सम्बन्धित पीडित वा प्रत्यक्षदर्शीको बयानका आधारमा रेखाचित्र बनाइन्छ।विगतमा भने प्रहरीले सङ्गठन बाहिरका व्यावसायिक कलाकारहरूको सहयोग लिने गरेको महर्जन बताउँछन्।
जातीय, क्षेत्रीय र भौगोलिक विविधताका कारण नेपालमा धेरै प्रकारका मुखाकृती भएकोले फरक छुट्टाउन सजिलो हुने उनको अनुभव छ। रेखाचित्र बनाउने जनशक्ति उत्पादन गर्न केही तालिमको आयोजना गरेपनि प्रहरीहरूले त्यसलाई निरन्तरता नदिएको बताइन्छ।
विकसित मुलुकहरूमा रेखाचित्र बनाउन आधुनिक सफ्टवेयरको प्रयोग हुने र नेपालले त्यस्तो सफ्टवेयरमा लगानी गर्नुपर्ने उनको सुझाउ छ। बीबीसी नेपाली अनलाइनबाट
https://www.bbc.com/nepali/news-48180054?ocid=socialflow_facebook&fbclid=IwAR3qXfVSUmCmSiipCQmOT3A_KPYxkpSQ1GqgVCGKckfchksUBi8UaqN4dGI