‘दोषी ठहरिए कारबाही भोग्न तयार छु’ महासचिव पौडेल

  सरलपाटी संवाददाता

 652 पटक हेरिएको

 नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले ललिता निवास प्रकरणमा दोषी भेटिए जस्तोसुकै कारबाही भोग्‍न पनि तयार रहेको बताएका छन् ।सोमबारको प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै महासचिव पौडेलले ललिता निवास प्रकरणमा आफ्नो पनि नाम आएकोले स्वतन्त्ररुपमा छानबिन गरेर दोषी भेटिएका कारबाही भोग्न‍ तयार भएको बताएका हुन् ।

उनले भने, “ललिता निवास जग्गा प्रकरणका सम्बन्धमा म लागयत पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र बाबुराम भट्टराईका नामहरु आएका छन् । वर्तमान सरकारले गैरकानूनी तवरमा व्यक्तिका नाममा रहेका सरकारी जग्गा सरकारको स्वामित्वमा फर्काउन चालेको कदमलाई स्वागत गर्दछु । यस प्रकरणमा म दोषी ठहर भएका कारबाही भोग्न तयार भएको अवगत गराउन चाहान्छु ।”

उनले सरकार जनताप्रति उत्तरदायी भएको महसुस गरेको बताएका छन् । उनले भने, “यस वर्षको नीति तथा कार्यक्रमले एक थान नीति कार्यक्रम प्रस्तुत गरेरमात्र जिम्मेवार पूरा हुँदैन । यसको कार्यान्वयनका विषयमा जोड दिएकोले संसदप्रति जवाफदेहिता रहेको महसुस गरेको छु । उनले गत वर्ष समृद्ध नेपाल सुखी नेपालीका आधारहरु तयार भएको बताएका छन् । उनले भने, “हामी नीतिगत हिसाबमा दुविधारहित स्थितिमा आएका छौं । हाम्रो गन्तव्य स्वतन्त्र स्वाधीन राष्ट्र हो र नेपालको हितलाई केन्द्र भागमा राखेर रेलमार्गका माध्यमबाट दक्षिण र उत्तरी राष्ट्रिसँग थप सम्बन्ध स्थापित गर्छ भन्‍ने हो । हामी ट्रडे ट्रान्जिटका लागि उत्तरी नाका पनि खुला भएको छ ।”        बाह्खरीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार