इलामे संगीतकार मदन दिपविमको निधन

  सरलपाटी सम्वाददाता

 1611 पटक हेरिएको

इलाम। इलामे संगीतकार मदन दीपविमको निधन भएको छ । लामो समयदेखि उपचारको क्रममा रहेको उनको सोमबार निधन भएको हो । उनी एक महनिादेखि आइसियुमा थिए । उनलाई एक महिनादेखि आईसियूमा राखिएको उनका ज्वाईं सोमनाथ सुसेलीले जानकारी दिए ।

इलाममा जन्मिएर गीत संगितमा लागेका उनी काडमाण्डौंमा रहेर संगितको क्षेत्रमा सक्रिय थिए । पछिल्लो सात वर्षदेखि भने उनी छोरी ममता दीपविमसँगै अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका थिए

उनले सुरिलो रुख सल्लै हो, तिम्रै यादमा कल्पी कल्पी, झस्केर दुख्छ यो मुटु मेरो, के भूल भयो प्रीया जस्ता चर्चित गीतहरुमा संगित दिएका छन् । उनले केही समय रेडियो नेपालमा पनि जागिर खाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार