शिक्षकलाई दुई वर्ष सुत्केरी विदा !

  विमल दहाल,

 1968 पटक हेरिएको

इलाम/इलामको माइ नगरपालिकाले शिक्षकलाई सुत्केरी विदा दुई वर्ष दिने भएको छ । यस अघि सरकारले दुई महिना सुत्केरी विदा दिने गरेको छ ।
नगरपालिकाले शिक्षा सम्बन्धी कार्य विधि बनाउँदै सुत्केरी विदा दुई वर्ष दिने व्यवस्था गरेको छ । यता इलाम नगरपालिकाले भने तीन महिना दिने व्यवस्था गरेको छ । माइ नगरपालिकाले शिक्षा सम्बन्धी कार्यविधि २०७५ भाद्र २८ गते पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।
यसरीनै कार्यविधिमा हरेक वर्षको शैषिक सत्र शूरु हुनुभन्दा पहिले दरबन्दी मिलान गरिने व्यवस्था छ । सोही अनुरुप माइ नगरपालिकाले दरबन्दी मिलान तथा विद्यालय मर्जको गर्ने कार्य पनि गरेको छ ।
माई नगरपालिकामा थप दरबन्दी पाउने विद्यालयहरु १५, सरुवा भएका शिक्षक संख्या २१ जना, काटिएका शिक्षक दरबन्दी सख्या २४, दरबन्दी मात्र सरुवा भएका १२ वटा रहेका छन् । कक्षा–५ बाट बिद्यार्थी संख्या कम भएर कक्षा घटाएर कक्षा–३ मा समायोजन भएका बिद्यालय दुई र बिद्यार्थी नभएर पाँच विद्यालय नजिकको बिद्यालयमा मर्ज गरिएका छन् । समायोजन भएर कक्षा–५ बाट कक्षा–३ मा झारिएका विद्यालयहरुमा भगवती सिद्ध आधारभूत बिद्यालय माई–१, पाल्टार र सिंहदेबी आधारभूत विद्यालय मार्ई–४ सिंजालीटार रहेका छन । बिद्यार्थी नभएर नजिकको बिद्यालयमा मर्ज भएका बिद्यालयहरुमा महमाइका गौरी शंकर आधारभुत बिद्यालय, बालकल्याण आधारभुत बिद्यालय, फुलबारी नमुना आधारभुत बिद्यालय, माई–१ को कञ्चन आधारभुत विद्यालय र मार्ई–५ को शान्ति आधारभुत बिद्यालय रहेका छन । माईको सबैभन्दा ठुलो बिद्यालय कन्काई मावि दानाबारीमा आधारभुत तहमा बिद्यार्थी संख्या न्युन भएपछि पाँच बटा दरबन्दी सरुवा गरिएको छ । त्यस्तै भगबती सिद्ध आधारभूत विद्यालयको दुई वटा र जनकल्याण आधारभूत विद्यालय दाहालटारको दुई वटा दरबन्दी सरुवा गरिएको छ । भगवती मावि र लक्ष्मी आर्दश मावि महमाईबाट ३–३ बटा दरबन्दी काटिएका छन । बाल विकास केन्द्रको ५ बटा दरबन्दी मिलान गरिएको छ । यस शैक्षिक सत्रमा ५० वटा दरबन्दी मिलान गरी सकिएको शिक्षा शाखा प्रमुख दोर्ण पोख्रेलले बताए ।
माई नगरपालिकामा विपन्न परिवारका बिद्यार्थीहरुलाई निःशुल्क पोशाक तथा खाद्यान्नको ब्यबस्था गरिएको श्रोत ब्याक्ति किरण सुबेदीले बताए ।
यसरीनै माई नगरपालिका शिक्षा शाखा इलामले जिल्लामै पहिलो पटक आधारभूत तह कक्षा–८ कोे नतिजा घरमै बसेर हेर्न र डाउनलोड गर्न सकिने गरी वेभसाइटमा राखेको छ । कक्षा–८ को नतिजामा ग्रेडबृद्धि अवसर समेत यस पटक दिईएको छ । ग्रेडबृद्धिका लागि मुख्य बिषयहरुको मौका परिक्षा बैशाख ५ देखि ९ गतेसम्म हुने शिक्षा शाखा प्रमुख पोख्रेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार