शहीद रत्न बान्तवाको साहित्यिक योगदान

सन्दर्भ.४० औं स्मृति दिवस

  डा.देवीक्षेत्री दुलाल

 1025 पटक हेरिएको

परिचय रत्न बान्तवाको जन्म २०३५ साल चैत २७ गते इलामको चमैतामा भएको हो । सानै उमेरदेखि तिक्ष्ण क्षमता भएका रत्नले गाउकै विधालयबतट पढाइ थालेर २०२५ सालमा फिदिम मावि पाँचथरबाट प्रवेशिका पास गरे । प्रविणता प्रमाणपत्र तह धरानबाट गरे भने स्नातक त्रिभवन विस्वविधालय कीर्तिपरबाट गरे । इलाममा कक्षा ८ मा पढ्दैदेखि कवि बम देवानको संगत र प्रेरणा पाएर रत्न साहित्य र राजनीतिमा लागेका थिए । स्नातक सकेर इलाम फर्केपछि केही समय प्राध्यापन गरे । त्यतिबेला उनि नेकपाको राजनीतिमा सकृय भइसकेका थिए । त्यसैकारण उनि प्राध्यापन छाडेर अण्डरग्राउण्डेट भए । जनवादी कला साहित्य र राजनीतिलाइ एकसाथ जनतावीच संप्रेषण गर्न थाले । त्यसैबेला २०३५ साल माघमा नेकपा माले पार्टीको स्थापना भयो । बान्तवा नेकपा माले को सस्थापक केन्द्रीय सदस्य भए । एकदलीय पंचायती ब्यवस्थालाइ ढालेर लोकतन्त्रको स्थापना गर्ने धेयका साथ कम्युनिष्ट राजनीतिमा सकृय भइरहेकै बेला २०३५ साल चैत्र २७ गते उनलाइ पंचायतका पुुुलिसले इलामको इभाडमा गोली हानेर हत्या गर्यो । यसरी रत्नले सशादत प्राप्त गरेको यतिबेला ४० वर्ष भएको छ । राज्यले उनलाइ शहीद घोषणा गरेको छ । उनको फोटो अड्कित हुलाक टिकट प्रकाशित भएको छ । उनका शालिकहरु बनिएका छन् । यसरी राजनीतिक योगदानको सम्मान भएको छ तर रत्नको साहित्यिक योगदान बारे खासै चर्चा भएको छैन । यही चैत्र २७ गते उनको ४० औ स्मृति तथा ६७ औ जन्मदिन पर्छ । शहीद रत्नले सहादत प्राप्त गरेको स्थान इभाड्मा उनको सालिकको अनाबरण सरकारका उपप्रधान तथा रक्षामंत्री माननीय इश्वर पोखरेलले गर्ने कार्यक्रम छ । यस सन्दर्भमा प्रस्तुत आलेखमा रत्नकुमार बान्तवाको साहित्यिक योगदानबारे चर्चा गर्नु सही अर्थमा शहीदप्रति सम्मान हुनेछ ।
रत्नको साहित्यिक योगदान
बान्तवा नेतामात्र होइनन् , उनि त एकजना प्रखर प्रगतिवादी स्रष्टा र द्रष्टा समेत हुन् । उनका प्राप्त रचनाहरुले यसको पुष्टि गर्छ । उनले कविता, गीत, निबन्ध, समालोचना र चित्रकारितामा कलम चलाएको देखिन्छ । राइ बान्तवा भाषामा जनबादी कविता र गीत रचना गरेका छन् । राइ बान्तवा भाषामा कविता सृजना गर्ने प्रथम स्रष्टा पनि रत्नकुमार बान्तवा नै हुन् । उनका साहित्यका विविध विधामा सृजना गरेका दर्जनौं रचना थिए , तर रत्नको हत्यासँगै उहाँको रचनासमेत तत्कालिन सत्ताको पुलिसले नष्ट पार्यो । आफनत र पार्टीले जोगाएर राखेका दुइदर्जन जति रचना र एउटा चित्रमात्र आज हामीमाझ रहेको छ । यी रचनाहरुको संकलन गरेर डा. देवीक्षेत्री दुलालले रत्न बान्तवाको दुर्लभ सृजना र समालोचना नामक कृति प्रकाशित गरेका छन् ।
हामी एउटै ताँदोबाट छुट्टिएका तिरहरु
जब्बर फलामे भित्ताहरु छेड्न
प्रचण्ड वायुवेगमा सन्सनाउँछौं
आँधी हुरीको सृष्टि गर्दै
अटल अमर विश्वास लिएर
अवश्य छेड्नेछौं शत्रुका छात्तिहरु ।
रत्नको कविताको एक अंश हो यो । उनि छोटो कविता लेखेर धेरै शन्देस प्रवाह गर्छन् । सरल शब्दको छनौट र छोटा वाक्य गठन गर्नमा सिपालु देखिन्छन् । यस्तै राइ बान्तवा भाषामा रत्नले लेखेको एउटा कवितको यो अंश हेरौं.
एनाखानै मजदुर यावाच्यो
भूमिहीन गरीब किसानच्यो
देशा खान्नुओ ममाओ
शहीदाच्यु सेन्माड्लो
टाट्मा लामाओ कामा आन्कोडा ।
यो कविताको नेपालीमा भावार्थ यस्तो हुन्छ
सुनहै सुन मजदुर साथी हो
भूमिहीन गरीब किसान हो
देशलाइ सुन्दर बनाउने
सहीदको सपना
साकार पार्ने कर्तब्य हाम्रै हो ।
यसरी रत्नले राइ बान्तवा भाषामा वविता लेखेर आफुलाइ बान्तवाभाषी कविको रुपमा समेत उभ्याएका छन् । शहीदको सपना साकार पार्न सबै भूमिहीन गरीब, किसान मजदुरलाइ कवितामार्फत आवाहान गरेका छन् । बान्तवाको सृजनामा बिचार र कलाको समान मिश्रण भएका छन् । उनि कट्टर माक्र्सवादी सौन्दर्य चिन्तक हुन् । एकाथरी समालोचकले भनेझैं माक्र्सवादी श्रष्टाको सृजनामा कला थारै र विचार हावी हुन्छ भन्ने आरोप रत्नको सृजनामा भेटिदैन । विचार र कलालाइ सुन र सुगन्धको रुपमा मिलाइएको पाठकीय आभाष हुन्छ ।
के पाटीमा लेखिएका
हामी खरी अक्षर हौं ?
तर हामी त्यस्ता अक्षर होइनौं
जसलाइ हो
जती पनि हो
लेखेर मेटे हुन्छ ।
यो उनिद्धारा रचित एउटा गीतको अंश हो । गीतमा परिवर्तनको पक्षपाती सचेत स्रष्टाहरु हे भन्ने दृष्टिचेत प्रष्फुटित भएको देखिन्छ । सरल र मार्मिक शब्दहरुको छनौट गरेर गीतलाइ गेयत्मक्ता बनाएका छन् । यसरी कविता, गीत र मुक्तकको अलावा निबन्ध र समालोचना विधामा पनि राम्रा रचना दिएका छन् रत्नले । छन्द र लयमा भानुभक्तको रामायण शीर्षकको यो समालोचना एउटा उदाहरण हो । यो समालोचना २०३५ सालमा सौगात पत्रिकामा प्रकाशित भएको छ । यस्तै साहित्य, समाज र राजनीतिक विषयमा दर्जनौं निबन्ध रत्नले लेखेका थिए तर अहीले हाम्राबीच दुइवटा मात्र निबन्ध रहेका छन् । यी दुइथान निबन्धलाइ हेर्दा निबन्धमा पनि रत्न निपूर्ण थिए भन्ने देखिन्छ । यस अतिरिक्त चित्रकारितामा पनि उनि रम्रो पकड राख्थे । उनले आफ्नो घरको भित्ता र कोठाहरु सुन्दर चित्रले सजाएका थिए । रत्नको हत्यासँगै चित्र र घर नष्ट पारियो । उनले घरभित्रैबाट सुरुड खनेर बैठककक्ष बनाएर त्यसलाइ नि चित्रमय बनाएका थिए । उक्त सुरुड् अहिले पनि संरक्षित छ, चित्रभने नष्ट भए । अहिले एउटामात्र चित्र पाइएको छ ।
यसरी उनको सृजनासत्वको आलोकमा हेर्दा रत्नकुमार बान्तवा सिद्धहस्त स्रष्टा हुन् भन्ने देखिन्छ । जीवनको जम्मा २७ बसन्त मात्र बाँचेका रत्नले नेपाली साहित्यमा पुर्याउनुभएको योगदान महत्वपूर्ण छ । रत्नको रानीतिक र साहित्यिक ब्यत्तित्वबाट प्रभावित भएर सन्जय थापा, यु. कार्की, इश्वर पोखरेलले रत्नलाइ नायक बनाएर कृति लेखेका छन् । यीनै कृतिका आधारमा चलचित्र र डकुमेन्ट्रीहरु बनेका छन् । यी कामहरु निश्चयनै राम्रा हुन् । उपरान्त उनका सृजनाहरुलाइ लोकका सामु पुर्याउँन जरुरी छ । यसो गर्न सक्दानै साँचो अर्थमा शहीदप्रतिको श्रद्धाञ्जली हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार