सेवा निवृत भएका चार जना शिक्षकलाई सम्मान

  सरलपाटी संवाददाता

 722 पटक हेरिएको

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिको ४० औ शिक्षक दिवसको अवसरमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रस्तावित जिल्ला अध्यक्ष भक्त केसी

इलाम । लामो समय शिक्षण पेसामा रहेर सेवा निवृत भएका चार जना शिक्षकलाई शुक्रबार इलाम सदरमुकाममा एक कार्यक्रमका बीच सम्मान गरिएको छ । शुक्रबार नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिको ४० औ शिक्षक दिवस र १७ औ जिल्ला परिषद्को अवसरमा सम्मान गरिएको हो ।
सम्मान हुनेमा यज्ञेश्वर ढुंगाना, छत्र सुब्बा, राधा केसी र लोसन योञ्जन रहेका छन् । उनीहरूलाई जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, संगठनका केन्द्रीय महासचिव हंशबहादुर शाहीले खदा लगाएर सम्मान गरेका हुन् । यसै अवसरमा यस वर्ष शिक्षक सेवा पास गर्ने शिक्षकहरूलाई समेत सम्मान गरिएको छ ।
संगठनका जिल्ला अध्यक्ष प्रकाश खनालको अध्यक्षता र संगठनका केन्द्रीय सचिव हंशबहादुर शाहीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रस्तावित जिल्ला अध्यक्ष भक्त केसीलगायतले बोलका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार