नेपाल पत्रकार महासंघ इलाम शाखाले हरेक वर्ष बैशाख १ गते प्रदान गर्दै आएको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष ताप्लेजुङका पत्रकार चन्द्र पन्दाकलाई प्रदान गर्ने भएको छ ।
पत्रकार आशिष राईको स्मृतिमा विप्रदान गरिने पुरस्कारबाट पुरस्कृत हुन लाग्नु भएका पत्रकार पन्दाक गोरखापत्र दैनिकको ताप्लेजुङ संवाददाता हुन् ।
शुक्रबार बसेको पत्रकार महासंघको कार्यसमितिको बैठकबाट यस वर्षको आशिष स्मृति पत्रकारिता पुरस्कार पत्रकार पन्दाकलाई प्रदान गरिने महासंघ अध्यक्ष कोकिला ढकालले जानकारी दिइन् । २०५९ सालको बैशाख १ गते पौडी खेल्ने क्रममा मृत्यु भएका राई रेडियो नेपालमा कार्यरत रहेका थिए । महासंघले स्वर्गीय राईको सम्झनामा बर्षेनी मेचीको एक सक्रिय पत्रकारलाई पुरस्कृत गर्ने गरेको छ ।
यस भन्दा अघि यस पुरस्कारबाट बेनुप भट्टराई, राजु शिवा, मोहनकाजी, भीम चापागाईं, गणेश साम्पाङ, आनन्द गौतम, युवराज गौतम, तोयानाथ भट्टराई, रमेश समदर्शी, गोविन्द लामिछाने, कोकिला ढकाल, सीता निरौला, नमीन ढकाल र राजकुमार दाहाल पुरस्कृत भइसकेका छन् ।


1458 पटक हेरिएको 






