फाकफोकथुम सरोकार समाजकाे भित्ते पात्रोको विमोचन

  सरलपाटी संवाददाता

 1185 पटक हेरिएको

फाकफोकथुम सरोकार समाजले शनिबार एक कार्यक्रमका बीच इलाम सदरमुकाममा भित्ते पात्रो विमोचन गरेको छ ।
फाकफोकथुममा जन्म भएर गाउँपालिका बाहिर रहेका व्यक्तिले गठन गरेको उक्त संस्थाले निकालेको पात्रोको प्रदेश सांसद धिरेन्द्र शर्मा(रमण), जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, जिल्ला प्रहरी प्रमुख माधवप्रसाद श्रेष्ठ, सरोकार समितिका संयोजक सुदीपकुमार बोहोरा, जिल्ला युवा समिति इलामका अध्यक्ष नवराज शंकरलगायतले भित्ते पात्रो बिमोचन गरेका हुन्  ।कार्यक्रममा सरोकार समाजका सल्लाहकार यामप्रसाद लिम्बू, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देवी चरण फुएँल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव प्रकाश परियारले गगरेका थिए भने स्वागतमन्तव्य उपाध्यक्ष डालाकुमारी बिष्टले गरेकी थिइन् ।
यसै कार्यक्रममा समाजले निकालेको भित्ते पत्रिका र सुनचाँदी व्यवसायी रेशम बराइलीको भित्ते पात्रो पनि बिमोचन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार