इलाम । मजदुरहरुको आन्दोलनका कारण चिया उद्योग बन्दभएको लामो समय वितिसक्दा समेत समस्या समाधानको पहल नभएपछि सूर्योदयनगरपालिकाले समस्या समाधानको पहल थालेको छ ।
नगरपालिकाको पहलमा बुधबार उद्योगी र सरकारबीच छलफल हुँने भएको छ । सरकार सूर्योदय टि प्रोडुसर एशोसिएसनबीच बुधबार ११ बजे श्रम तथा रोजगार मन्त्रालयमा छलफल हुने नगरपालिका प्रमुख रणबहादुर राईले जानकारी दिए । ‘छलफलको लागिउद्योगी र हामी काठमाण्डौ जाँदैछौ,’प्रमुख राइले भने (‘भोली श्रम तथा रोजगार मन्त्रालयमा मन्त्रीकै उपस्थितिमा छलफल हुँदैछ ।’
मजदुर आन्दोलनका कारण सूर्योदयका चिया किसान समस्यामा परेपछि नगरपालिकाले समस्या समाधानको पहल थालेको हो । ‘आन्दोलनका कारण हाम्रो क्षेत्रमा भएका किसानलाई समस्या भएर समस्या समाधानको पहल थालेका हौ,’राइले भने । सूर्योदय नगर क्षेत्रका उद्योगहरू न्यनुतम ज्यालादिन सकरात्मक भएकाले समस्याको समाधान हुेनेमा उनी आशावादी छन् । ‘यस क्षेत्रका उद्योगी सरकारले तोकेको न्युनतम ज्याला दिन सकरात्मक छन्,’उनले भने उद्योगीका पनि केही माग छन्, सरकारसंगको छलफलमा निकास निस्किन्छ भन्ने लागेको छ ।’ सूर्योदयले यस अघिनै उद्योगीसँग, मजदुरसंग र संयुक्त छलफल गरिसकेको छ । विन्नि चरणको छलफलपछि मन्त्रालयमा छलफलको तय गरिएको हो ।
चिया मजदुरहरूले मजदुर श्रम ऐन कार्यान्वयनको मागगर्दै चैत १७ गतेदेखि आन्दोलन थालेको हुन् । उनीहरूले अहिले दिनहु उद्योगहरूमा पदर्शन गर्दै आएका छन् । मजदुहरुले सरकारले तोकेको न्युनतम३ सय ८५ रुपैयाँ ज्याला पाउनु पर्ने ललगायतका माग राख्दै हरियो पत्ति टिप्ने र प्रशोधनको काम ठप्प पारेका छन् । इलामको चियाब गानमा कार्यरत मजदुरहरुले दैनिकदुई सय ६५ रुपैयाँमात्रै पाउने गरेका छन् ।
मजदुर आन्दोलनका कारण किसानले हरियो पत्ति बेच्नपाएका छैनन् । सिजनको पहिलो उत्पादन ‘फष्ट फ्लस’ टिप्न नपाउँदा किसानले लाखौ क्षति भएको छ । फष्ट फ्लस ८० रुपैयाँ प्रतिकिलोका दरले विक्रीहुने गरेको थियो । फष्ट फ्लसबाट गणस्तरीय तयारी चियाबन्ने भएकाले उद्योगहरुले पहिलो टिपाइको चियाको मूल्य बढी दिने गरेका छन् । उद्योगहरुकाबीच फष्ट फ्लसको हरियो पत्ति किन्नका लागि प्रतिष्पर्धा हुने गरेको थियो । सिजनकै शुरुबाट भएको आन्दोलनका कारण यो पटकको फष्ट फ्लस टिप्न नपाई विग्रिसकेको छ ।
चैतभर फष्ट फ्लसको सिजन मानिन्छ । फष्ट फ्लस नटिपेपछि सिजनभरनै हरियो पत्तिउत्पादनमा असर गर्छ । बेलैमा हरियो पत्तिको मुना नटिप्दा अर्को चरणदेखि हरियो पत्तिको उत्पादन घट्ने किसान बताउँछन् ।
नेपालमाएक सय तीनवटा चियाउद्योग छन्, त्यसमध्ये ६३ वटा उद्योग सूर्योदयन गरपालिका क्षेत्रमामात्रै सञ्चालिछ छन् । चियाको बगान समेत सूर्योदयमानै बढि छ । देशभर नौ हजार एक सय २७ वटा ब्यक्तिगतबगान र एक सय ८ वटा संस्थागतबगानहरु छन् ।त्यसमध्ये सवैभन्दा धेरै इलाममा पाँच हजार पाँचसय २८ व्यक्तिगत र १६ वटा संस्थागतवगान छन् । त्यसको ८० प्रतिशत बगान सूर्योदयनगरपालिका क्षेत्रमा रहेको नगरप्रमुख राईको दाबी छ ।