माईमा भिआईए स्वास्थ्य शिविर सम्पन्न

  सरलपाटी संवाददाता

 2863 पटक हेरिएको

इलाम, माई नगरपालिका स्वास्थ्य शाखा इलामको आयोजना तथा करुणा फाउण्डेसन नेपाल एक दिने स्वास्थ्य शिबिर माई नगरपालिकाको फरक फरक दुई स्थानमा सम्पन्न भएको छ ।
माई नगरपालिका वडा नम्बर–८ बिष्णेटार र वडा नम्बर–५ खर्बनीमा सम्पन्न शिविरमा १ सय १८ जनाको पाठेघरको मुखमा हुने क्यान्सर भिअाइए को परिक्षण गरिएको थियो ।

शिविरमा अनमीहरू निता धिमाल, कमला श्रेष्ठ, रीतु कटुवाल, मुना मगरले परीक्षण गरेको करुणा फाउण्डेसन नेपालकी अनुगमन अधिकृत सबिता शाही ठकुरीले बताएकी छिन् । माई नगरपालिका र करुणा फाउण्डेसन नेपालको संयुक्त साझेदारीमा सञ्चालित शिविरमा अष्ट्रेटिक, फिष्टुला र पाठेघर खस्ने रागीको स्क्रीनिङ्ग, रिङपेसरी समेत गरिएको स्वास्थ्य संयोजक काशीराम यादबले बताए ।

भिआइए नेपालमा पाठेघरको मुखको क्यान्सरबाट अकालमै धेरै महिलाको मृत्यु हुने भएकाले क्यान्सर लाग्न लागेको दश बर्ष अगाडी थाहा पाउने गरी प्रयोग गरिने स्पेकुलम औजारबाट परीक्षण गरिएको चिसापानी स्वास्थ्य चौकीकी अनमी निता धिमालले बताइन् । यो सेवा स्वास्थ्य चौकीबाट निशूल्क प्राप्त गरिने दानबारी स्वास्थ्य चौकीका इन्चार्ज पबनकुमार पोख्रेलले जानकारी दिए ।

३० देखि ६० बर्ष सम्मका महिलालाई प्राय पाठेघरको मुखमा हुने क्यान्सर हुने गरेको पाईएको छ । प्रत्येक पाँच बर्षमा पाठेघरको जाँच गराउनु पर्ने अनमी कमला श्रेष्ठले बताए  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार