इलाम, इलाम नगरपालिका वडा नं.५ मा सोमबार सिर्जना घिमिरेको अध्यक्षतामा नगरस्तरीय वडा क्लवको गठन भएको छ । समितिको उपाध्यक्षमा टेकेन्द्र घतानी, सचिवमा गणेश जबेगू, सह–सचिवमा प्रनिश रसाइली र कोषाध्यक्षमा हिमाल आचार्य चयन भएका छन् । यस्तै, समितिको सदस्यमा मिलन खनाल, दिपेन लिम्बू, दिनेश घिमिरे, मनोज दुलाल, गौरब लोगू, दीक्षा आचार्य, सुजता राई र चन्दा घिमिरे रहेका छन् । नगर युवा परिषद्का अध्यक्षका सिचनजंग रायमाझीको अध्यक्षता र इलाम नगरपालिकाका प्रवक्ता तथा इलाम नगरपालिका ५ का वडाध्यक्ष ठाकुर नारायण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सचिव लोचन भट्टराई, सामाजिक परिचालक नारायण श्रेष्ठ लगायतको उपस्थिति थियो ।