आँखाको शिविर सञ्चालन हुने

  सरलपाटी संवाददाता

 563 पटक हेरिएको

इलाम,इलाम सदरमुकाममा आउँदो बैशाख ५, ६ र ७ गते आँखाको शिविर सञ्चालन हुने भएको छ । जिल्लाका बासिन्दाको आँखा जाँच गर्नका लागि सञ्चालन हुने शिविरमा आँखाको शल्यक्रिया समेत हुने छ । समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन हुने शिविरमा जिल्ला प्रहरी कार्यालय इलाम, पूर्वाञ्चल आँखा  अस्पताल विराटनगर, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा इलाम र इलाम नगरपालिकाको सयुक्त आयोजनामा हुने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले जानकारी दिए । शिविर निःशुल्क सञ्चालन हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार