यसरी सकियाे ‘देउमाई पर्यटन तथा साहित्यिक महोत्सब’

  सरलपाटी संवाददाता

 1022 पटक हेरिएको

पर्यटकीय क्षेत्र प्रचार, साहित्यिक बहस र चिन्तनसँगै इलामको देउमाई नगरपालिकामा आयोजना भएको दुई दिने ‘देउमाई पर्यटन तथा साहित्यिक महोत्सब’ आइतबार सम्पन्न भएको छ ।
महोत्सबमा राष्ट्रियस्तरका साहित्यिक स्रष्टा र राजनीतिज्ञ प्रस्तुति रहेको थियो । महोत्सबको दोस्रो दिन साहित्यकार कुन्ता शर्मा र शिमा आवाससँग‘सार्वजनिक जीवनमा महिला, कति सकस, कति सुविधा’ शीर्षकमा बहस चलाइएको थियो । बहसमा उनीहरूले अझै पनि हाम्रो समाजमा महिला र पुरुषबीचको खाडल ठूलो रहेको बताएका थिए । सार्वजनिक जीवनमा पाइला चाल्न महिलालाई मात्र नभइ पुरुषलाई पनि सकस नै रहेको तर महिलालाई भने अझै बढी चुनौती रहेको बताएका थिए । बालिका थपलियाले सहजीकरण गरेको कार्यक्रममा समसामयिक विषयमा वत्ताहरूलाई दर्शकले प्रश्न समेत गरेका थिए । यस्तै महोत्सबमा ‘१०वर्ष पछिको देउमाई’ शीर्षकमा प्रदेश सांसद रामबहादुर राना र देउमाई नगर प्रमुख सूर्य पोख्रेलसँग बहस गरिएको थियो । बहसमा सांसद रानाले विकाशका काम तीब्र रूपमा भइरहेकोले दश वर्षपछि देउमाईले विकाशमा ठूलो छल्याङ मार्ने बताएका थिए भने नगर प्रमुख पोख्रेलले आफू देउमाईको विकाशका लागि विकाश निर्माणमा मात्र नभइ मानवसंसाधान विकाशमा समेत लागेको उल्लेख गरे ।
यस्तै आइतबार्रै महोत्सबमा ‘युवा र अबको नेतृत्व’ शीर्षकमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता योगेश भट्टराई र नेपाली कांग्रेसका नेता प्रदीप पौडेल बीच पनि बहस गरिएको थियो । नेपाल साप्ताहिकका सम्पादक बसन्त बस्नेतले सहजीकरण गरेको कार्यक्रममा नेकपा नेता भट्टराईले पछिल्लो समय राजनीतिक नेतृत्वमा युवा पुस्ता बढ्दै आएको उल्लेख गरे भने कांग्रेस नेता पौडेलले चुनौती गरेको बताए ।
महोत्सबको दोस्रो दिन कविता प्रतियोगिता समेत चलाइएको थियो । अभिनेता दयाहाङ राई र बरिष्ठ मूर्तिकार राजु पिठाकोटे को पनि संघर्षका कथामाथि बहस चलाइएको थियो । बहसको सहजीकरण पत्रकार टिकाराम यात्रीले गरेका थिए ।
यस्तै आइतबारै ‘इलाम किन घुम्ने’ शीर्षकमा मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौराली, सामाजिक अभियान्ता धर्म गौतमबीच बहस गरिएको थियो भने यसको सहजीकरण नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्ण निष्ठुरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार