
इलाम । इलामको ठूलो टुँडिखेलमा शनिबार सम्पन्न दृष्टिबिहिन दौड प्रतियोगितामा छात्रतर्फ प्रकाश लम्जेल र छात्रातर्फ एलिशा देवान प्रथम भएका छन् । प्रतियोगितामा छात्रतर्फ रवीन घले र छात्रातर्फ रीना थेगिम द्वितीय भए । २ सय मिटर लामो दौड
प्रतियोगितामा छात्रबाट ३ जना र छात्राबाट ५ जनाले सहभागिता जनाएका थिए । इलाम नगरपालिकाको नगर युवा परिषद्को आयोजनामा भएको कार्यक्रमको उद्घाटन इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले गरेका थिए । नगर युवा परिषद्का अध्यक्ष सचिनजंग रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला युवा परिषद्का अध्यक्ष नवराज शंकर, नगर खेलकूद परिषद्का अध्यक्ष तिलक ठकुरी, जागृति नेपालका नरेन्द्र खड्का लगायतको उपस्थिति थियो ।


1253 पटक हेरिएको 






