देउमाईमा महोत्सब शुरु, पूर्व सभामुखद्वारा उद्घाटन

महोत्सवको पहिलो दिन साहित्यिक बहस, छलफल र अन्तक्र्रिया

पर्यटकीय क्षेत्रको प्रवद्र्धन र स्थानीय वस्तुको प्रचारका देउमाई नगरपालिकाको मंगलबारेमा‘देउमाई साहित्य, पर्यटन महोत्सव’ शनिबार सुरु भएको छ ।
महोत्सबको उद्घाटन पूर्व सभामुख तथा वर्तमान सांसद सुवासचन्द्र नेम्बाङले गरे । उनले महोत्सवले यहाँको पर्यटन प्रवद्र्धनमा धेरै सहयोग गर्ने विश्वास रहेको बताए । नेम्बाङले इलाम आफैमा एक पर्यटकीय जिल्ला भएको उल्लेख गरे । यस्तै साहित्यकार अभि सुबेदीले साहित्यका माध्यमबाट मोफसल र राजधानी जोड्नु पर्नेमा जोड दिए । उनले राजनीतिक तथा साहित्यिक हिसाबले पनि काठमाडौंलाई मात्र केन्द्रमा राख्ने गरेको भन्दै यसमा सुधार हुनुपर्ने बताए । महोत्सवमा ‘साहित्य कसरी लेख्ने’ भन्ने विषयमा बहस चलाइएको थियो । बहसमा कान्तिपुर दैनिकका प्रधानसम्पादक तथा साहित्यकार नारायण बाग्ले र राजन मुकारुङ सहभागी थिए । यस्तै,साहित्यमा स्थानीयतालाई प्राथमिकता दिनुपर्ने भन्दै बहस समेत चलाइएको थियो । बहसमा कवि हाङयुग अज्ञात, राजन माङलाक र मुनाराज शेर्मा सहभागी थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ गोपिन्द्र पौडेलले समकालीन साहित्य लेखेनका बारेमा जानकारी गराएका थिए ।
प्राज्ञ र्पौडेलले साहित्य सिर्जना गर्दा साहित्यिक स्रोत, समालोचक, बाचकबीच त्रिकोणात्मक सम्बन्ध हुनुपर्नेमा जोड दिए ।
उनले साहित्यको केन्द्र काठमाडौं ठानिने हुनाले अन्य क्षेत्रका साहित्यिक रचनाले बजार लिन नसकेकोमा गुनासो गरे ।यस्तै अब आइतबापनि यस्तै विभिन्न कार्यक्रम हुँदै छन् । आइतबार सार्वजनिक जीवनमा महिला शीर्षकमा कुन्ता शर्मा र सीमा आवासले बहस गर्दैछन् भने युवा र अबको नेतृत्व शीर्षकमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता योगेश भट्टराई, कांग्रेस नेता प्रदीप पौडेलले गर्दछन् ।महोत्सबमा आइतबारै प्रदेशभरका कविद्वारा कविता बाचन समेत गरिने छ भने राजनीतिक विश्लेषक प्रदीप गिरीले बहस गर्दछन् । कलाकार दयाहाङ राई र मूर्तिकार राजु पिठाकोटेका संघर्षका कथा समेत सुनाइने छ । यस्तै आइतबारै इलाम किन घुम्ने भन्ने शीर्षकमा सामाजिक अभियान्ता धर्म गौतम, पर्यटनकर्मी केशव द्यौराली र प्रदेश सांसद राम रानाले जानकारी गराउने कार्यक्रम रहेको छ ।समाजका लागि युवा संस्थाको आयोजना र देउमाई नगरपालिका र पर्यटन बोर्डको प्रायेजनमा महोत्सब भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार