इलाम । इलाममा रहेर संगीत साधना गरिरहेका रगुन गुरुङ्गले दोस्रो एल्बम ‘आफ्नो पन’ बजारमा ल्याएका छन् । गुरुङ्गको एकल गीति एल्बमको शनिबार ओकार्पण गरिएको छ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सनको विस्तारित बैठकमा एल्बम लोकार्पण गरिएको हो ।
प्याब्सन एक नम्बर प्रदेश समितिका अध्यक्ष युवराज वाशिष्ठ र प्याब्सन इलामका अध्यक्ष विकास कर्मचार्यले गुरुङ्गको दोस्रो एल्बमको लोकार्पण गरे । दोस्रो गीति एल्बममा चार वटा गीत समावेश छन् । एम्बममा ‘झुकाई आँखा प्रितिको भाखा’ बोलको शिर्ष गीत समावेश छ । शिर्ष गीतमा भने गुरुङ्गलाई चर्चित गायिका मेलिना राईले साथ दिएकी छिन् । गीतको शब्द ख्यातीप्राप्त गीतकार विपिन किरणको हो भने नायारयाण सुवेदीले संगीत भरेका छन् ।
लोकापर्ण कार्यक्रममा गुरुङ्गले यही गीत गाएका थिए । एल्बममा ‘दोशि नजर तिम्रो हो कि’ बोलको गीत समावेश छ । भीम क्षेत्रीको शब्द र कृष्णभक्त राईले संगीत गरेको यो गीतमा रगुनको एकल स्वरमा सझिएको छ । ‘छेउमा आए बोलाए न त तिमी फर्किन्छौ’ एल्बमको तेस्रो गीत हो । गीतमा कुमार विवाहितको शब्द र नारायण सुवेदी आभाषको संगीत दिएका छन् । एल्बममा ‘अल्झियौ अड्कियौ यो मन भित्र किन’ बोलको गीत समावेश छ । भुवनराज ढुङ्गनाको शब्द र बृष प्रधानको संगीतमा रहेको यो गीत गुरुङ्गको पहिलो एल्बम प्रियतामा समेत समावेश थियो । प्रियतामा एल्बमको चर्चित गीत भएकाले नयाँ एल्बममा समेत समावेश गरेको गायक गुरुङ्गले बताए । 
शिक्षण पेशामा आवद्ध गुरुङ्ग उब्रिएको समयमा संगीत साधाना गर्छन् । स्कुले जीवनबाटै गायनमा लागेका उनी मोफोसलमा बसेर संगीत साधानामा तल्लिन छन् । शिक्षणबाट कमाएको पैसा संगीतमा खर्च गरेर संगीत साधाना गरिरहेको उनलाई एल्बम विक्रीबाटै खर्च उठाइएला भन्ने आशा छैन । ‘एमबम बेचेर खर्च उठ्दैन’–उनले भने–‘स्टेजमा गाउँदा त भाडा मात्रै चित्त बुझाउनु पर्छ ।’
इलामको सूर्योदय नगरपालिका वडा नं. ९ का गुरुङ्ग नीजि विद्यालयका सञ्चालक हुन् । उनी न्यु वल्ड सेकेण्डरी स्कुलका संस्थापक प्रिन्सिपल हुन् । आफ्नै शोख र प्रेरणाकै कारण शिक्षणबाट कमाएको आम्दानी लगाएर एल्बम निकालेको उनले सुनाए । ‘स्कुले जीवनदेखि नै गाउँने सोख थियो, सोखले नै अर्को एल्बम पनि ल्याउन सके’–उनले भने–‘यसमा अग्रज
सर्जकहरुको प्रेरणाले मलजल गरेको छ ।’
०६२ सालमा ‘अल्झियौ अड्कियौ यो मन भित्र किन, सम्झनाको तरेलीमा तिम्रो तस्बिर किन हौ किन’ बोलको गीत रेकर्ड गराएर औपचारिक रुपमा साङ्गिगित यात्रा शुरु गरेका गुरुङ्गले संगितको औपचारिक शिक्षा नलिएपनि गायकीकै कारण श्रोतमाझ छाप बनाउँदैछन् ।गीत यो लिंकमा
https://www.youtube.com/watch?v=rcrCITlO_pk


1657 पटक हेरिएको 






