किन आउँदैछन् पूर्व राजा इलाम ?

  सरलपाटी संवाददाता

 1420 पटक हेरिएको

पूर्व राजा ज्ञानेन्द्र शाह इलाम आउने भएका छन् । पूर्वी पहाडी क्षेत्रमा धार्मिक भ्रमण गर्ने भन्दै उनीले इलाम र पाँचथरको भ्रमण गर्ने भएका छन् । उनले इलाम सदरमुकाम रहेको माइस्थान र फिदिममा भएको शिवालय मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम छ । ज्ञानेन्द्र १७ गते इलाम आउने भ्रमण व्यवस्थापन समितिले जनाकारी दिएको छ । १७ गते अपराहन्न उनी इलाम आउने छन् । १७ गतेको रात इलामको समिट होटलमा विताउने छन् । १८ गते विहान उनी फिदिम जानेछन् । १८ गते फिदिममा शुभचिन्तकसंग विताउनेछन् । १९ गते सदरमुकाममा रहेको फाल्गुनन्दको शालिकमा माल्यार्पण गर्ने र शिवालय मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको जनाइएको छ । १९ गते साँझ इलाम फर्किन छन् । २० गते शुभचिन्तकहरुसंै विताउनेछन् । २१ गते विहान भने नविनचोकबाट बजार हुँदै माइस्थान मन्दिरसम्म पदयात्रा गर्नेछन् । माइस्थान मन्दिरमा दर्शन र पुजाआजा गर्नेछन् । २१ गते दिउँसो दमक फर्कने कार्यक्रम रहेको भ्रमण व्यवस्थापन समितिका सदस्य हरि श्रेष्ठले जानकारी दिए । पूर्व राजा ज्ञानेन्द्र नीजि धार्मिक भ्रमणको लागि आउने भनिएपनि धार्मिक स्थलहरूमा पूजाआजाको कार्यक्रम भने पातलो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार