देउमाइमा साहित्य पर्यटन महोत्सव हुने

  सरलपाटी सम्वाददाता

 1570 पटक हेरिएको


इलाम । साहित्यको माध्यमद्वरा पर्यटनको विकास गर्ने उद्देश्यले इलामको देउमाई नगरपालिकामा साहित्य पर्यटन महोत्सव हुने भएको छ । देउमाई नगरपालिका स्थित नागीडाँडामा दुई दिने देउमाई साहित्य पर्यटन महोत्सव आयोजना गरिदैछ । चैत २३ र २४ गते साहित्य पर्यटन महोत्सव गर्ने समाजका लागि युवा नामक संस्थाले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
विभिन्न उपसमितिहरु गठन गरेर महोत्सवको तयारी तीब्र पारिएको छ । शेखर रिजालको संयोजकत्वमा ब्यवस्थापन समिति, दिनेश चम्जोङ्गको संयोजकत्वमा आथिर्क समिति र सोम लुइटेलको संयोजकत्वमा प्रचार प्रसार उप समिति गठन गरेर तयारीलाई तीब्र पारिएको हो । महोत्सव ब्यवस्थापनको लागि अन्य उपसमितिहरु समेत गठन गरिएको आयोजकले जानकारी दिएका छन् । दुई दिनसम्म चल्ने महोत्सवमा १८ लाख ७२ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । विभिन्न स्थानीय तह तथा सरकारी संस्थाहरुबाट श्रोत जुटाउने काम भइरहेको आयोजकका मात्रिका घिमिरेले बताए ।
महोत्सवले इलामको पश्चिमी क्षेत्रमा रहेका नागीडाँडा, थुफाथुम्की, पानीटारको चियाबगान, जगुरमुखी, सिद्धिथुम्का, कुहिभिर, नागेश्वरी जटेश्वर महादेव लगायतका पर्यटकीय स्थलहरुको प्रचार प्रसार हुने अपेक्षा राखिएको छ । खुला नाडी डाँडामा हुने महोत्सवमा स्थानीय स्तरको उत्पादनलाई प्रवद्र्धन गर्ने आयोजकले जानकारी दिएका छन् । ‘खानादेखि प्राय सवै कुरा स्थानीय हुन्छन्, त्यहाँ हामी जंग फुड बेच्दैनौ’–आयोजकका अध्यक्ष मोती गौतमले भने–‘उपहार दिने सामग्री समेत यहीका स्थानीयले बनाएको हुनेछ ।’ महोत्सवमा मदिरा, चुरोट खैनी गुड्खा लगायका हानिकारक बस्नु विक्री प्रतिवन्ध गर्ने आयोजकको तयारी छ । दुई दिन चल्ने साहित्य महोत्सवमा दश देखि १५ हजार जनाले सहभागी हुने आयोजकको अनुमान छ ।
नेपाल पर्यटन बोर्ड र नेपाल प्रज्ञा प्रतिष्ठानले प्रवद्र्धन नर्गे साहित्यिक महोत्सवमा साहित्यमा ख्याती कमाएका विभिन्न ब्यक्तिहरुको प्रस्तुती छलफल कार्यक्रम तय गरिएको छ । महोत्सवको उद्घाटनपछि प्रा.डा अभि सुवेदीको विद्धवत प्रवचन हुनेछ । ‘दश वर्षपछिको देउमाई क्षेत्र’ विषय देउमाई नगरपालिका प्रमुख सूर्य पोख्रेल, फाकफोकथुम गाउँपालिका अध्यक्ष राम श्रेष्ठ, र माङसेबुङ्ग गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङवोले विकासका दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम छ । त्यस्तै ‘सार्वजनिक जीवनमा महिला कति सकस कति सुविधा’ भन्ने विषयमा कुन्ता शर्मा र सिभा आभासबीच छलफल राखिएको छ । कार्यक्रमको सञ्चालन कवि बालिका थपलियाले गर्नेछिन् । ‘युवा र अबको नेतृत्व’ विषयमा नेकपाका नेता योगेश भट्टराई र नेपाली कांग्रेसका प्रदिप पौडेलबीच छलफलको आयोजना गरिएको छ । बहसको सञ्चालन नेपाल साप्ताहिकका सम्पादक बसन्त बस्नेतले गर्ने कार्यक्रम तय भएको छ । ‘लिम्बु भाष र साहित्य’ विषयक छलफलमा साहित्यकारद्वय राज माङलाक र मुना राज शेर्मा सहभागी हुने र कार्यक्रमको सञ्चालन समिरबाबु कट्टेलले गर्ने तयारी गरिएको छ । ‘संघर्षका कथा’ छलफल कार्यक्रममा कान्तिपुर दैनिकका प्रधानसम्पादक तथा साहित्यकार नारायण वाग्ले, अभिनेता दयाहाङ राई, मुर्तिकार राजु पिठाकेटे सहभागी हुने आयोजकले जानकारी दिएका छन् । सात साल पछिको नेपाल शिर्षकका विश्लेषक प्रदिप गिरीको प्रवन हुनेछ । त्यस्तै ‘इलाम किने घुम्ने’ भन्ने बहशमा एक जना पर्यटन विध, प्रदेशसभा सदस्य राम राना सहभागी हुनेछन् भने कार्यक्रमलाई नेपाल पत्रकार महासंघ पुर्व केन्द्रीय अध्यक्ष विष्णु निस्ठुरीले सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ । छलफल कार्यक्रका बीचमा प्रदेशभरका प्रख्यात कविहरुको कविता बाचन र साँझमा सास्कृतिक कार्यक्रमहरु प्रस्तुत हुने देउमाई नगरपालिका वडा नं¬¬¬¬–४ का अध्यक्ष राजेन्द्र बास्तोलाले जानकारी दिए । महोत्सवको उद्घाटन प्रतिनिधिसभा सदस्य, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार