प्रगतिशिल लेखक संघको प्रदेश अध्यक्षमा डा. दुलाल

  सरलपाटी संवाददाता

 682 पटक हेरिएको

इलाम । प्रगतिशिल लेखक संघका प्रदेशकाे प्रथम अधिवेशनबाट इलामका साहित्यकार डा.देवी क्षेत्री दुलाल निर्वाचित भएका छन् । सुनसरीको धरानमा सम्पन्न अधिवेशनबाट संघको उपाध्यक्षमा भोजपुरकी मुना श्रेष्ठ र सुनसरीका डा.खेम खनाल निर्वाचित भएका छन् ।
यस्तै, संघको सचिवमा इलामकी खिना परियार निर्वाचित भएकी छिन् भने सह–सचिवमा संखुवासभाका राजेन्द्र सर्वहारा र कोषाध्यक्षमा झापाकी विन्दु अधिकारी निर्वाचित भएका छन् । प्रगतिशिल लेखक संघ बामपन्थी लेखकहरूको साझा मोर्चा हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार