अहिले अभ्यास भइरहेको प्राङगारिक खेती प्रविधि खर्चिलो भएपछि इलामको सूर्योदय नगरपालिकामा कम लागतमा अग्र्यानिक खेती गर्नका लागि ‘लागत प्रभावि’ प्रङगारिक अभियान सञ्चालन गरिएको छ । अभियानमा किसानलाई कम लागतमा जैविक झोल र मल बनाउने सीप सिकाइएको छ । सूर्योदय नगरपालिकाले प्राङगारिक कृषि प्रवद्र्धन अभियान सञ्चालन गरेर कम लागतमा प्राङगारिक मल बनाउने सीप सिकाउन थालेको हो ।
नगरपालिकाले प्रत्येक वडामा तालिमको आयोजन गरेर किसानलाई मल बनाउन सिकाउँदैछ । ‘वडामा भएको टोल विकास संस्थाहरुसंको समन्वयमा तालिम चलाएका छौ’–सूर्योदय नगरपालिका सामाजिक विकास समितिका संयोजक देवेन्द्र शर्माले भने–‘ नगरपालिकाको सवै वडामा विज्ञ मार्फत तालिम गरायौ, किसानले तालिममा पाएको सीप अनुसार जैविक झोल र मल बनाउन प्रयोग गर्न थाल्नुभएको छ ।
परम्परागत अग्र्यानिक प्रविधि खर्चिलो अग्र्यानिक अभियान निष्प्रभावी भएको वरिष्ठ वैज्ञानिक खड्गभक्त पौडेलले बताए । ‘किसानले आधा रोपनी जग्गामा २७ डोको सम्म गोठे मल हालेका छन्, मल गुणस्तरीय नहुँदा खर्च बढेको छ, उत्पादन राम्रो हुँदैन ।’–उनले भने–‘हामीले तयार गरेको जीभातुलाई जोर्डनको रुपमा प्रयोग गरेर बनाएको पाँच डोको मल पर्याप्त हुन्छ ।’ जैविक मल बनाउन बजारमा पाइने झोलपनि किसानले धान्नै नसक्ने गरि खर्चिलो भएको उनी बताउँछन् । ‘एक लिटर जैविक झोललाई एक हजार सात सय रुपैयाँ पर्दो रहेछ, यति महङ्गो जैविक मल हालेर किसानले अग्र्यानिक खेती गर्न सम्भव छैन’–उनले भने–‘यही कारणले अग्र्यानिक अभियानहरु फैलिन नसकेको हो ।’ बजारमा पाइने जैविक झोलमा भने लाभदायक जीवाणुको संख्या पनि न्युन हुने भएकाले किसानले खर्च अनुसारको लाभ लिन नसकेको पौडेलले बताए । सूर्योदय नगरपालिकाले भने नेपालकै कृषि वैज्ञानिकले तयार पारेको जीभातु प्रयोग गरेर जैविक झोल र मल बनाउन उत्प्रेरित गरेको छ ।नेप्लीज फार्मिङ इन्टिच्युटले अध्ययन गरेको जीभातु जीवाणुहरुको मिश्रण झोल हो । यसमा नौ किसिमका लाभदायक जीवाणुहरु रहेको इन्टिच्युटका मुख्य वैज्ञानीक खड्ग भक्त पौडेलले बताए । जीभातुलाई नेप्लीज नेचुरल बायोप्रोडक्ट प्रालिले बजारमा निर्यात गर्ने गरेको छ । यो झोल प्रतिलिटर एक सय रुपैयाँमा (ढुवानी बाहेक ) पाइन्छ । सार्क मुलुका लागि भने यसको मुल्य तीन डलर तोकिएको छ । झोलकै प्रयोग गरेर जैविक झोल र प्राङगारिक मल बनाइन्छ ।गाइभैसीको गहुँत र गोवर र पानीमा जीवातु (लाभदायक जीवाणुको मिश्रण झोल) मिसाएर दुई किसिमको जैविक झोल बनाउँन सिकाइन्छ । त्यस्तो झोल १७ देखि २० दिनमा तयार हुने कृषि वैज्ञानिक खड्गभक्त पौडेलले बताए । तयार भएको झोल विरुवाको जरामा लगाउन या बोटमा स्प्रे समेत गर्न सकिने पौडेल बताउँछन् । यस्तो झोल मलले विरुवामा लाग्ने विभिन्न किसिमका रोगहरु समेत निर्मुल पार्ने उनको दावी छ । त्यस्तै किसानलाई जीवातुकै प्रयोग गरेर प्राङगारिक मल बनाउने सीप सिकाइन्छ । मलमा समेत जीवातुको प्रयोगले मललाई गुणस्तरीय बनाउने उनको भनाई छ ।
जैविक झोलले जमिन मुनी र माथिका रोग किरा नियन्त्रण हुने पौडेलको दावी छ । अन्य विषादीको प्रयोगले निर्मुल नभएको इस्कुसको मोज्याक भाइरस समेत नियन्त्रण भएको उनको दावी छ । अन्य बालीमा देखिएको रुट नानिम्याटोड, अलैचीमा देखिएको लिफ ब्लाइट, गानो कुहिने, काउली बन्दाको जरामा गाँठा देखिने लगायतका रोग नियन्त्रण हुने उनी बताउँछन् ।
जीभातुलाई कृषि अनुसन्धान परिषद नाकले समेत प्रयोग गरिसकेको छ । नार्कले २०६५÷०६६ र २०६६ ÷०६७ मा टमाटरमा परिक्षण प्रयोग गरिसकेको छ । २०३७ सालबाट नयाँ जैवीक झोल बनाउन शुरु गरेर ६७ मा पुरा भएको हो । जीभातु नौलो प्रविधि भएको पौडेलको दावी छ । यसमा अन्य जैवीक झोल भन्दा बढि लाभदायक जीवाणुहरु मिसाइएकाले प्रभावकारी हुने बताइन्छ ।


1299 पटक हेरिएको 






